काठमाडौं । कोरियन कार निर्माता हुन्डाईले सब फोर मिटर सेग्मेन्टकै सर्वाधिक पावरफुल इन्जिनमा भेन्यू ल्याउने भएको छ । भारतीय बजारमा आउने हुन्डाईको ‘एन लाइन’ सिरिज नेपाल आउँछ वा आउँदैन एकिन छैन ।
भारतमा हुन्डाईले यसअघि आई २० को एन लाइन भर्सन ल्याएको थियो । तर, उक्त भेरियन्ट अहिलेसम्म नेपाल आएको छैन । तर, सब फोर मिटर सेग्मेन्ट नेपालमा सर्वाधिक सफल सेग्मेन्ट भएकोले भेन्यूको एन लाइन भर्सन भने नेपाल आउन सक्नेछ ।
नयाँ एन लाइन भर्सन भेन्यूको पहिलो मिडटर्म फेसलिफ्टमा आधारित रहने अनुमान गरिएको छ । अहिले भारतको विभिन्न स्थानमा यसको परिक्षण भइरहेको तस्विरहरु आएका छन् । अगाडिको नयाँ ग्रिलको साथ ग्रिल, फ्रन्ट फेन्डर, ह्वील हब र टेलगेटमा एन लाइनको ब्याच यसमा रहने छ ।
यसको इन्टेरियरमा पूर्ण कालो कलर थिम माथि रातो कलरको हाइलाइट प्रयोग गरेर तयार गरिने छ । यसमा पूर्णत स्र्पोटी सिट रहने छ भने क्याविन भित्र थुप्रै स्थानमा एन लाइनको ब्याच रहनेछ ।
यसमा फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, १०.२५ इन्चको इफोटेन्टमेन्ट सिस्टम, इलेक्ट्रीक सनरुफ, अटोमेटीक क्लाइमेट कन्ट्रोल, पावर विन्डो, किलेस इन्ट्री जस्ता फिचर समावेश हुनेछन् ।
सुरक्षाको लागि ६ वटासम्म एयरब्याग, एबीएस, इबीडी, टिपीएमएस, स्टेविलीटी कन्ट्रोल, रियर भ्यू क्यामेरा, एन्टी थेप्ट डिभाइस, आइएसओ फिक्स चाइल्ड सिट, रियर पार्किङ सेन्सर र हुन्डाईको ब्लू लिंक कनेक्ट कार टेक पाउन सकिन्छ ।
कम्पनीले यसलाई १.० लिटर टर्बो पेट्रोल इन्जिन दिनेछ । उक्त इन्जिनले अधिकतम १२० पीएस पावर र १७२ एनएम टर्क प्रदान गर्छ । सम्भवत यसलाई कम्पनीले ६ स्पीड आइएमटी र ७ स्पीड डिसिटी गियरबक्समा ल्याउने छ । सन् २०२२ को अन्तिमबाट हुन्डाई एन लाइन बजारमा आउने छ । त्यो भन्दा अगाडि भेन्यूको फेसलिफ्ट बजारमा आउने छ ।

