काठमाडौं । एकैसाथ नेपालका ८ सहरमा आइकार भी २३ एसयूभी सार्वजनिक भएको छ ।
नेपालका लागि आइकारको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल प्रालिले बिहीबार देशका मुख्य ८ सहरमा आइर भी २३ बिक्री सुरू गरेको हो ।
कम्पनीले बिर्तामोड, विराटनगर, वीरगंज, बुटवल, दाङ, सुर्खेत, नेपालगंज र धनगढीमा भी २३ सार्वजनिक गरेको हो । कम्पनीले आइकार भी २३ को मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।
क्लासिक डिजाइन र आधुनिक प्रविधिको संगम आइकार भी २३ एक रेट्रो प्रेरित प्योर इलेक्ट्रीक अफरोड एसयूभी हो ।
यसमा ५९.९३ किलोवाट आवरको एलएफपी ब्याट्री छ । जसले एकपटको फुलचार्जमा ४०१ किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ ।
आइर भी २३ मा १०० किलोवाटको मोटर रहेको छ । बक्सी लुक्स भएको यो एसयूभीमा क्लासिक गोलो हेडलाइट र २१० एमएमको उत्कृष्ट ग्राउण्ड क्लियरेन्सले छ ।
यसमा १३.२ इन्चको प्रिमियम इन्फोटेनमेन्ट डिस्प्ले, सुरक्षाका लागि लेभल २ को एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) जडान गरिएको छ ।

