मोटरसाइकल छाडेर कार खोज्नेलाई ठिक्कको ‘फ्यामली ह्याचब्याक’, मासिक किस्ता २३ हजार मात्रै

काठमाडौं । अहिले नै मोटरसाइकल छाडेर कार किन्ने सोच्दै हुनुहुन्छ र बजेटको सीमितता छ भने तपाईंको लागि केई इक्यूट-०४ उपयुक्त मोडल बन्न सक्छ ।

एउटा मोटरसाइकलले मासिक खर्च गर्ने इन्धनको पैसा बचत गर्दै फ्यामली ह्याचब्याक कारको किस्ता तिर्न सपोर्ट हुने भएको कारण पनि ईभीमा धेरैको आकर्षण देखिन्छ । त्यसमा पनि राम्रो रेन्ज, उत्कृष्ट बनोट र आरामदायी क्याबिन भएको इक्यूट-०४ ले धेरैलाई लोभ्याएको छ ।

नेपाली बजारमा बिक्री सुरू भएको छोटो समयमा नै विस्तारै सडकमा उपस्थिति बाक्लो बनाउँदै लगेको इक्यूट-०४ को मूल्य २५ लाख ९६ हजार रुपैयाँ तोकेर बिक्री हुँदै आएको छ । यही मूल्य अनुसार पनि मासिक २३ हजार किस्तामा यसलाई उपभोक्ताले किन्न पाउने छन् ।

अहिले बैंक तथा वित्तीय संस्थाले ६.५ प्रतिशत ब्याजदरमै सजिलै कर्जा सेवा दिने भएको कारण पनि किस्ता रकम कम पर्नेछ । बैंकले ७ वर्षको लागि मूल्यको ६० प्रतिशतसम्म कर्जा दिनेछन् । यसले मोटरसाइकल छाडेर चार ढोका भएको पर्फेक्ट फ्यामली कार किन्छु भन्नेको लागि इक्यूट-०४ उत्कृष्ट मोडल बन्न सक्छ ।

के छन् अन्य फिचर ?

इक्यूट-०४ को लम्बाइ ३६९५ एमएम, चौडाइ १६८५ एमएम र उचाइ १६१५ एमएम छ । यो टल ह्याच डिजाइनमा बनेको कार हो । २५०० एमएम लामो ह्वीलबेसले आरामदायी यात्रा गराउने छ ।

डीसी फास्ट चार्जर पनि सपोर्ट गर्ने इक्यूट-०४मा ४० किलोवाटको इलेक्ट्रीक मोटर छ । यसलाई पावर दिन २८.०८ किलोवाट आवरको ब्याट्री छ । यो ब्याट्री सीएटीएलले उत्पादन गरेको हो ।

अटो होल्डदेखि अगाडि र पछाडि पार्किङ सेन्सरसम्म दिइएको ह्याचब्याक कारमा सुरक्षाको लागि थुप्रै आधुनिक फिचर पाउन सकिन्छ । ड्यासबोर्डमा ६.७ इन्चको दुई स्क्रीन, स्टेरिङ कोलुममा दिइएको गियरनब, ६ तरिकाले मिलाउन मिल्ने चालक सिट, मल्टी फङसनल स्टेरिङ ह्वील यसको बलियो पक्ष हुन् ।


Back_to_top