टाटा ग्रुपले १८ हजार करोडमा लियो ‘एयर इन्डिया’

एजेन्सी । भारत सरकारले एयर इन्डियाको निजी करण गरेको छ । सरकारले एयर इन्डिया खुल्ला बोलपत्र आह्वान गरेर निजी करण गरेको हो । टाटा सन्स् अन्तर्गतको टैलेस प्रालिले १८ हजार करोडमा एयर इन्डिया लिन चाहेको प्रस्ताव पेश गरेको थियो ।

विभिन्न ७ कम्पनीले टेन्डरमा सहभागीता जनाएको भएपनि दुई कम्पनी मात्रै सरकारको मापदण्ड पुरा गर्न सफल भएको भारतीय मिडिया जागरण दैनिक उल्लेख गरेको छ । टाटाको अलवा १५ हजार करोड बोली लगाएर स्पाइस जेट एयर इन्डिया लिने दौडमा थियो ।

भारतीय सार्वजनिक सम्पत्ति प्रवन्धन विभागका अनुसार सन् २०२१ को अन्त्यसम्म सबै प्रक्रिया पुरा गरेर नयाँ व्यवस्थापन आउने छ । टाटा समूहले करिब ६८ वर्षपछि एयर इन्डियामा पुनः लगानी गरेको हो ।

सन् १९३२ मा स्थापना भएको टाटा एयरलाइन्स नै सरकारले राष्ट्रियकरण गरेर सन् १९५३ पछि इन्डियन एयरलाइन्स बनेको थियो । त्यति वेला सरकारले टाटा ग्रुपको सेयर किनेर इन्डियन एयरलाइन्स बनाएको थियो । सरकारको यो निर्णयमा जम्सेद जि टाटाले सधैँ असन्तुष्टि व्यक्त गरेका थिए ।


Back_to_top