युरोपियन ईभी बजारमा चर्चा बटुल्दै ‘आयोनिक-थ्री’, के छ खास ?

काठमाडौं । कोरियन कार निर्माता हुन्डाईको पहिलो इलेक्ट्रीक ह्याचब्याक कार ‘आयोनिक-थ्री’ युरोपबाट बिक्री थाल्ने भएको छ । बिक्री सुरू नहुँदै युरोपमा आयोनिक थ्रीले युरोपमा निकै राम्रो चर्चा पाइरहेको हो ।

सहरी क्षेत्रको लागि उपयुक्त ह्याचब्याक कार ड्रायाग कोफिसियन्टको कारण पनि चर्चामा रहेको मोडल हो । यसको ड्रायाग कोफिसियन्ट ०.२६३ सीडी छ । जुन ह्याचब्याक सेग्मेन्टमा निकै राम्रो मानिन्छ ।

सानो ब्याट्री भएपनि रेन्जमा उत्कृष्ट रेन्ज आउने भएको कारण आयोनिक थ्रीलाई धेरै राम्रो इफिसियन्ट कार मानिएको हो । यसमा ४२ किलोवाट आवर र ६१ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा आउने बताइएको छ । यसको लङ रेन्ज मोडलले ४९६ किलोमिटर रेन्ज दिने डब्लूएलटीसी टेस्टले देखाएको छ ।

आयोनिक थ्री प्योर ईभी प्लेटफर्ममा बनेको कारण यसमा फ्याल्ट फ्लोर छ । पछाडिको बुट स्पेश पनि ठूलो छ भने क्याबिनमा फिजिकल बटनहरूको प्रयोग भएको छ । हुन्डाईले एन्ड्रोइडमा आधारित नयाँ इन्फोटेन्टमेन्ट सिस्टम दिन लागेको हो ।
कम्पनीले ४०० भोल्ट आर्किटेक्चरमा बनाइरहेको भए पनि आयोनिक थ्री तीव्र गतिमा चार्ज हुन्छ । यसलाई १० देख ८० प्रतिशतसम्म चार्ज गर्न केबल २९ मिनेट लाग्नेछ । यसले ११ किलोवाटको एसी चार्जर पनि सपोर्ट गर्छ ।

चालक सहित पाँच जना यात्रुले यात्रा गर्न मिल्ने कारको लम्बाइ ४.१ मिटर छ । ‘एरो ह्याच डिजाइन’ भएको कारण यसको इफिसियन्सी निकै राम्रो हुनेछ ।


Back_to_top