७५ हजार तिरेर ज्यागुअर चढ्न पाइने

काठमाडौंं । मानिसका अनेकौ शौख मध्यको एक हो प्रिमियम कार चढ्नु । प्रिमियम कार धेरै पैसा भएका धनाढ्यको लागि ठूलो कुरा नभएपनि मध्यम आए भएका शौखिनको लागि करोडौंको गाडी सधै चढ्नु ठूलो कुरा हो ।

यस्ता गाडीका शौखिनहरुलाई मध्यनजर गर्दै बतास होलिडेजले नेपालमा निकै प्रिमियम मानिने ज्यागअरका गाडीहरु भाडामा उपलब्ध गराउँदै आएको छ । कम्पनीले उपत्यका बाहिरको लागि भने ज्यागवार उपलब्ध गराउने छैन । 

उपत्यका वरपरका क्षेत्रमा प्रयोग गर्न चाहने मानिसले दैनिक ७५ हजार तिरेर ज्यागअरका गाडी भाडामा लिन सक्ने छन् । कम्पनीले ज्यागअरका प्रिमियम सेडान कार भाडामा उपलब्ध गराउने छ । 

कम्पनीले भाडामा गाडी लिनेको लागि ड्रेस कोड सहितको चालक, बीमा, इन्धन लगायतकाका सुविधा उपलब्ध गराउने छ भने चालकको लागि गाडी भाडा बाहेक अन्य खर्च गर्नु पर्ने छैन । 

उपत्यका बाहिर ज्यागअर नजाने स्थानमा कम्पनीले टोयोटा ल्याण्डक्रुजर भी ८ भाडामा उपलब्ध गराउने छ । भी ८ प्रयोग गर्ने ग्राहकले ७० हजार रुपैयाँ दैनिक भाडा वापत खर्च गर्नु पर्ने हुन्छ । 

बतास अर्गनाइजेशन अन्तर्गतको बतास होलिडेजले विभिन्न गाडीका शौखिन र अन्तर्राष्ट्रिय पाहुनालाई स्तरिय यातायात सेवा प्रदान गर्न नाम चलेका महंगा गाडी भाडामा उपलब्ध गराउँदै आएको जनाएको छ ।


Back_to_top