टाटा मोटर्सको चौथो ग्लोबल सर्भिस क्याम्प सुरु

काठमाडौं । नेपालका लागि टाटा मोटर्स्को अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ्गले ग्लोबल सर्भिस क्याम्प मंसिर १९ देखि २१ गतेसम्म संचालनमा ल्याएको छ । टाटा मोटर्स् कमर्सियल गाडीका प्रेसिडेन्ट गिरिश वाग तथा सिप्रदी ट्रेडिङ्गका कार्यकारी अध्यक्ष सिद्धार्थ राणाले संयुक्तरुपमा कार्यक्रमको उद्घाटन गरेका हुन् ।

समारोहमा सिप्रदी ट्रेडिङ्गका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर राणाले टाटा मोटर्स र सिप्रदीको सम्बन्ध प्रगाढ भएकोमा शुभकामना व्यक्त गर्नुभएको छ साथै यसको श्रय सबै ग्राहक महानुभावहरुको अटुट विश्वास, कर्मचारीहरुको निरन्तर मिहिनेत र लगनशीलता, मिडिया साथीहरुको साथका लागि धन्यवाद व्यक्त गरेको छन् । यस्तो प्रकारको कार्यक्रमले ग्राहकहरु वीचको सम्बन्ध पनि प्रगाढ हुने उनले बताए ।

गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्प विश्वभरि एकै साथ आयोजना गरिएको छ । यस ग्लोवल सर्भिस क्याम्प अन्तर्गत टाटा मोटर्स्का सम्पूर्ण डिलर एवं आधिकारिक सर्भिस सेन्टरहरुमा गाडीको सम्पूर्ण स्वास्थ्य जाँचहरु हुनेछ । यस क्याम्पमा चालकहरुका लागि नयाँ प्रविधि एवं सुरक्षित ड्राईभिङ्ग सम्बन्धी निःशुल्क तालिम, टाटाको पार्टस्मा विशेष छुट, निःशुल्क लेबर चार्ज, आकर्षक उपहार, लुब्रिकेन्टस्मा आकर्षक अफर, जस्ता प्रमुख विशेषताहरु रहेका कम्पनीले जनाएको छ ।

सिप्रदी टे«डिङ्गले यसै अवसर पारेर टाटा मोटर्स्को टाटा विङ्गगरको नयाँ सस्करण औपचारिक रुपमा सार्वजनिक गरेको छ । त्यस क्याम्पमा एक्साईड व्याट्री, मिसेलिन, सिप्रदी अटोपार्टस्, म्याक ल्यूव्रिकेन्टस्, इन्सुरेन्स, बैंक र अन्य अटोमोटिभ व्राण्डहरुले सहभागिता जनाएका छन् ।

विश्वभर एकैसाथ हुने टाटा मोटर्स् ग्लोबल सर्भिस क्याम्पको यो नेपालमा चौथो संस्करण हो । विभिन्न स्टेजहरुद्वारा सुसज्जित यस क्याम्पमा टाटाद्वारा आयोजित विभिन्न कार्यक्रमहरुको अवलोकन गर्न पाइनेछ । आकर्षक योजना, मनोरञ्जनात्मक कार्यक्रम, विभिन्न विषयहरुमा सचेतना, विभिन्न सेवा आदि यस क्याम्पका मुख्य आकर्षणहरु रहेका छन् ।


Back_to_top