हेल्मेट किन्नु अघि थाहापाउनुस् तीन तथ्य

काठमाडौं । नयाँ हेल्मेट किन्दै हुनुहुन्छ भने विशेषत ३ कुरामा ध्यान दिन जरुरी छ । हेल्मेट चालक वा मोटरसाइकलमा पछाडि बस्नेले आफ्नो टाउकोको सुरक्षाको लागि लगाउने हुँदा त्यसको आफ्नै महत्व रहेको हुन्छ ।

आफु चढेको सवारीसाधन कुनैपनि समय दुर्घटनामा पर्न सक्छ भनेर नै सुरक्षाको लागि हेल्मेट लगाउन अनिर्वाय गरिएको हो । पछिल्ला मोटरसाइकल दुर्घटनामा मृत्यू हुनेको ठूलो हिस्सा टाउकामा लागेको चोटको कारण भएको छ । 

नेपालमा मोटरसाइकल चालकले अनिर्वायरुपमा हेल्मेट लगाउनु पर्छ भनिए पनि पछाडि बस्नेलाई कुनै त्यस्तो बाध्यकारी नियम लगाइएको छैन । जसका कारण दुर्घटनाहुँदा पछाडि बस्ने धेरै मानिसको मृत्यू हुने गरेको छ ।

मोटरसाइकल चालकले पनि आफ्नो हेल्मेट छनोट गर्दा कुनै खास मापदण्ड नबाई किन्ने र चलाउँदा पनि सकभर राम्रोसँग फित्तासमेत कस्न नपरे हुन्थ्यो भने जसरी लगाउने हुँदा धेरैले अकालमा ज्यान गुमाएका छन् ।

केही मानिस सस्तो मूल्यमा ट्राफिकको आँखा छल्लनमात्रै पनि हेल्मेट प्रयोग गर्छन् । तर, त्यसले आफ्नै सुरक्षामा असर पारिरहेको हुन्छ । त्यसैले सुरक्षीत हेल्मेट छनोट गर्न यसरी काम गर्न सकिन्छ ।

१. गुणस्तर चिन्न हेर्नेः नेपाल सरकारले सर्टिफाई गरेर मात्र हेल्मेट ल्याउन दिने भएकाले पहिलो परिक्षण गुणस्तर चिन्न लिएको छ वा छैन भन्ने गर्नु पर्छ । त्यसपछि अन्तर्राष्ट्रिय बजारमा त्यसले कस्तो सुरक्षा मापदण्ड पाएको छ त्योपनि हेर्नु भएको खण्डमा तपाईले उत्कृष्ट हेल्मेट पाउन सक्नु हुन्छ । 

२. साइजः हेल्मेटको मापदण्ड पछि हेर्नुपर्ने अर्को महत्व कुरा भनेको हेल्मेटको साइज हो । मान्छेले लगाउने टोपी जस्तै हेल्मेटपनि विभिन्न साइजमा उपलब्ध हुने छन् । त्यसैले आफ्नो टाउकाको साइज अनुसार नापेर हेल्मेट किन्नु पर्छ ।

३. तौलः मापदण्ड र साइजपछि हेल्मेट किन्दा हेर्नु पर्ने कुरा तौल हो । हेलमेटको तौल जति कम भयो उतिनै राम्रो हुनेछ । हेल्मेट किन्दा जहिल्यै १२०० देखि १३५० ग्रामसम्मको मात्रै किन्दा उपयूक्त मानिन्छ । धेरै तौल हुँदा टाउकोलाई धेरै बोझ भई दुखाई महसुस हुन्छ । 


Back_to_top