डबल च्यानल एबिएसमा आउँदै जावा

क्लासीक लेजेन्डले २०१९ जुनमा जावा र जावा र्फोटीलाइ डबल च्यानल एबिएस सहित ल्याउने घोषणा गरेको छ । जावा भेरीयन्टमा फ्रन्ट सिगंल डिस्क ब्रेक दिइएको छ ।

रेट्रो स्टाइलिङ रहेको यो बाइकले बजारमा रोयल इन्फिल्ड ३५० सँग प्रतिस्पर्धा गर्ने छ । बाइकमा रोयल इन्फिल्डको ६५० सीसीको बाइकमा जस्तै राउण्ड हेडल्याम्प दिइएको छ ।

कर्वी ट्यांक, लामो तथा फराकिलो सिट र स्पोक ह्विल रहेको जावा बाइकमा राउण्ड मिरर, राउण्ड इन्डिकेटर र टेलेस्कोपिक फोर्कसमेत उपलब्ध रहेको छ ।

न एग्जस्ट मफलर्सको रेट्रो लुक भएको बाइकमा एबीएसलगायतका सेफ्टी फिचरहरु रहेको बाइकलाइ अब डबल च्यानल एबीएसमा आउने भएको हो । 

२९३ सीसी लिक्विड कुल्ड, सिंगल सिलिन्डर इन्जिन दिइएको बाइकले २७ एचपीको पावर र २८ एनएम टर्क प्रदान गर्छ । साथै यसमा ६ स्पिड गियरबक्स जडान गरिएको छ ।


Back_to_top