टाटा मोटर्सले उत्पादन गरेको टाटा टियागो, टियागो एनआरजी र टियागो जेटीपीले अटो बजारमा छुट्टै स्थान जमाएका छन् । टाटा कम्पनीले २०१६ मा सार्वजनिक गरेको ह्याचब्याक मोडल टियागोले डिजाइन, एक्सटेरियर–इन्टेरियर विशेषता, पावरफूल इन्जिन तथा पफर्मेन्सको कारण केही चर्चा बटुल्यो । तर, अपेक्षा गरेअनुरुप ग्राहकको ध्यानाकर्षण गर्न नसकेपछि टाटाले पुनः उक्त मोडललाई विश्वसनीय बनाउने जमर्काे गर्यो र यसको मिडलाइफ फेसलिफ्ट भर्सन बजारमा ल्यायो ।
कम्पनीकाअनुसार उक्त मोडलले भने बजारमा राम्रै स्थान जमाएको छ । योसँगै कम्पनीको लाइन–अपमा अर्काे दुई मोडल टियागो एनआरजी र जेटीपी रहेका छन् । हामीले यी तीन मोडलको तुलनात्मक भिन्नता प्रस्तुत गरेका छौँ ।
डिजाइन
विशेषत, टाटा टियागो आकर्षक डिजाइनको कारण ग्राहकको रोजाईमा पर्ने गरेको छ । एनआरजी भेरिएन्टको आकर्षक बडी, फक्स स्किड–प्लेट्स, १४ इन्च डबल–टोन अलोय–ह्वील, ब्लाक फिनिश ग्रिल, मिरर र रुफ–रेल्सलगायतका विशेषता यसमा रहेका छन् ।
त्यस्तै, जेटिपी भेरियन्टमा फ्रन्ट ग्रिल तथा बम्पर लगाइएको छ भने टिगोरमा उपलब्ध प्रोजेक्टर फग हेडल्याम्प, १५ इन्च अलोय–ह्वील, रियर बम्परलगायतका विशेषता दिइएको छ ।
डायमेन्सन
टियागोको लम्बाई ३ हजार ७ सय ४६ एमएम, चौडाई १६४७ एमएम र उचाई १५३५ एमएम रहेको छ । यसमा १७० एमएम ग्राउन्ड क्लियरेन्स र २४०० एमएमको ह्वीलवेश दिइएको छ ।
त्यस्तै, एनआरजी भेरियन्टको लम्बाई ३७९३ एमएम रहेको छ भने, चौडाई १६६५ एमएम र उचाई १५८७ एमएम रहेको छ । यसमा, १८० एमएमको ग्राउन्ड क्लियरेन्सकासाथै २४०० एमएमको ह्वीलवेश दिइएको छ ।
टियागो जेटीपीको लम्बाई ३७९३ एमएम, चौडाई १६६५ एमएम, उचाई १५८७ एमएम रहेको छ । यसमा १६६ एमएमको ग्राउन्ड क्लियरेन्स र २४०० एमएमको ह्वीलवेश रहेको छ । तुलनात्मकरुपमा एनआरजी भेरिएन्ट अन्य दुई मोडलभन्दा ठूलो देखिएको छ ।
इन्जिन
टियागोको स्ट्यान्र्डर्ड भेरिएन्ट र एनआरजी भेरिएन्टमा १.२ लिटर रेभो–ट्रोन इन्जिन लगाइएको छ । यसले ६ हजार आरपीएममा ८४ बीएचपी पावरकासाथै ३५०० आरपीएममा ११४ एनएम–टर्क उत्पादन गर्छ ।
त्यस्तै, १.०५ लिटर रेभो–टर्क इन्जिनले ४ हजार आरपीएममा ६९ बीएचपी पावरकासाथै १८०० आरपीएममा १४० एनएम–टर्क उत्पादन गर्छ । दुबैको इन्जिनमा फाइभ–स्पीड गियरबक्सकासाथै अटोमेटिक ट्रान्समिसन दिइएको छ ।
जेटीपी भेरिएन्टमा उपलब्ध १.२ लिटर टर्बाेचार्ज्ड पेट्रोल इन्जिनले ५५०० आरपीएममा ११४ पीएस पावरकासाथै २००० देखि ४००० हजार आरपीएममा १४० एनएम–टर्क उत्पादन गर्छ । यसको इन्जिनमा फाइभ–स्पीड गियरबक्स लगाइएको छ । यी मोडलमा सिटी र स्पोर्टलगायतका ड्राइभ–मोड उपलब्ध छन् ।
एक्सटेरिएर र इन्टेरियर विशेषता
तीनवटै भेरिएन्टको इन्टेरियरमा समान किसिमको विशेषता दिइएको छ । यिनीहरूमा एमआईडी इन्स्ट्रुमेन्ट कन्सोल, कुल ग्लोब–बक्स, एड्जस्टेबल ड्राइभर–सिट, आकर्षक इन्फोटेनमेन्ट सिस्टम, थ्री–डी नेभिगेसनकासाथै अइट–स्पीकर हार्मन अडियो स्पीकरलगायतका विशेषता छन् ।
एनआरजी मोडल दुईवटा कलर अप्शनमा उपलब्ध छ भने जेटीपी कालो–रङ्गमा मात्रै उपलब्ध छ । त्यस्तै, जेटीपीमा लेदर–र्याप स्टेयरिङ्ग ह्वील, आल्मुनियम पेडल्सलगायतका विशेषता रहेका छन् ।
नेपालममा
नेपाली बजारमा टियागोको बिक्री वितरण हुँदै आएको छ भने टियागो एनआरजी सार्वजनिक हुने तयारीमा रहेको छ ।

