पोल्यान्डको चर्चित मोटरसाइकल उत्पादक कम्पनी रोमेटले भारतीय बजारमा ‘एडीबी–१२५ एफआई–प्रो’ एड्भेन्चर मोटरसाइकल बिक्री गर्ने लक्ष्य बनाएको छ ।
कम्पनीले १२५ सीसी सेग्मेन्टको उक्त मोटरसाइकललाई यथाशक्य चाँडो सार्वजनिक गर्ने जानकारी दिएको, अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । रोमेट कम्पनीद्वारा उत्पादित मोटरसाइकल, स्कुटर तथा साइकल युरोपियन बजारमा मात्रै नभई अन्तर्राष्ट्रिय बजारमा समेत निकै चर्चित रहेका छन् । त्यसैले यो सानो क्षमताको वाइकसहित कम्पनी भारतीय बजार प्रवेश गर्न लागेको हो ।
यो एड्भेन्चर बाइकमा १२५ सीसी सिङ्गल सिलिन्डर टु–भल्भ इन्जिन लगाइएको छ । जसले ७ हजार आरपीएममा १०.५ बीएचपी पावरकासाथै ६५०० आरपीएममा ९.२ एनएम–टर्क उत्पादन गर्छ । यसको इन्जिनमा फाइभ–स्पीड गियरबक्स लगाइएको छ ।
पोल्यान्डमा यस मोटरसाइकलको मूल्य २ लाख ९७ हजार रुपैयाँ रहेको छ । तर, कम्पनीले रणनीतिक हिसाबले नयाँ बजारमा प्रवेश गर्दा मूल्य परिवर्तन गर्न सक्ने अनुमान गरिएको छ । यस एड्भेन्चर मोटरसाइकलमा १७ इन्च अलोय–ह्वील लगाइएको छ भने यसको फ्रन्टमा १०० देखि १२० सेक्सन ट्यूबलेस टायर उपलब्ध छ ।


