दुई सातापछि नेपाल आउँदै जावाको नयाँ मोटरसाइकल, कति पर्ला मूल्य

काठमाडौं । लकडाउनपछि नेपाल आएको जावाले नयाँ मोटरसाइकल नेपाल ल्याउने भएको छ । जावाको आधिकारीक वितरक अग्नी मोटो इन्कले जावा पेरक नेपाल ल्याउन लागेको हो । जावा पेरक कम्पनीको उत्पादन लाइनअपमा नै सबैभन्दा महंगो मोटरसाइकल हो ।

‘जावाका उत्पादन धेरै ग्राहकले मनपराएका छन् । पेरक कहिले आउँछ भनेर सोधपुछ गर्ने पनि धेरै छन् । हामी फेब्रुअरीको दोस्रो सातासम्ममा यसको विक्री सुरु गर्ने तयारीमा छौं’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

बबर स्टाइलमा आएको जावा पेरकको नाम दोस्रो विश्वयुद्धको समयमा पेरिस मोटर शोमा पेश गरिएको पेरकबाट लिइएको हो । पेरकमा ३३४ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ, जसले ३० बीएच पावर र ३१ एनएम टर्क जेनेरेट गर्छ । उक्त इन्जिनमा ६ स्पीड गियरबक्स दिइएको छ ।

सुरक्षाको लागि ड्यूल च्यानल एबीएस रहने पेरकको दुबै चक्कामा डिस्क ब्रेक दिइएको बाइकमा इन्टिग्रेटेड टेल लाइट, टियरडप फ्युल ट्यांक र वाइड ह्यान्डलबार दिइएको छ । कम्पनीले यसमा सेमी डिजिटल कन्सोल दिएको छ ।

डबल क्याड्र्ली ट्यूवलर फ्रेममा तयार भएको जावा पेरकको अगाडि टेलिस्कोपिक हाइड्रोलिक फर्क र पछाडि ७ स्टेप एड्जस्ट गर्न किल्ने मोनो सक एब्जर्बर दिइएको छ । नेपाली बजारमा यसको मूल्य ७ लाख ५० हजारदेखि ८ लाख रुपैयाँको बीचमा कायम हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top