उपत्यकामा बजाज, यामाहा र टीभीएसको एक्सचेन्ज मेला, कुन कम्पनीको अफर धेरै

काठमाडौं । यामाहा, बजाज र टीभीएसले उपत्यकामा एक्सचेन्ज अफर संचालन गरिरहेका छन् । कम्पनीहरुले ल्याएको एक्सचेन्ज अफरमा ग्राहक लक्षीत योजनाहरु समावेस रहेका छन् ।

यामाहाले ल्याएको अफरमा पुरानो मोटरसाइकलको बजार मूल्यभन्दा १५ हजार थप मूल्याङ्क दिने जनाइएको छ । कम्पनीले काब्रुरेट छाडौं, एफआई चाढौँ भन्ने ट्याग्लाइनको साथ एक्सचेन्ज अफर संचालन गरिरहेको छ । कम्पनीले माघ ११ गतेदेखि आगामी माघ १६ गतेसम्म त्रिपुरेश्वर, कुमारीपाटी, चावहिल र कोटेश्वर शोरुममा एक्सचेन्ज मेला आयोजना गरिएको जनाएको हो ।

साथै, एक्सचेन्ज मार्फत स्कुटर किन्न चाहने ग्राहकलाई विशेष स्कीम समेत प्रदान गर्ने कम्पनीले जनाएको छ । यामाहाको आधिकारीक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले स्कुटरमा फसिनो र रेजेआर तथा मोटरसाइकलमा एफजेड सिरिज, फेजर, सलूटो, आर १५ भी थ्रि, एमटी १५, आर थ्रि लगायतका मोडल विक्री वितरण गर्दै आएको छ ।

बजाजले पनि माघ ११ गतेदेखि १६ गतेसम्म उपत्यका विभिन्न शोरुमहरुमा एक्सचेन्ज अफर दिने जनाएको छ । बजाजले उपत्यकाको ठिमी, कलंकी, महाराजगंज, सितापाइल शोरुममा एक्सचेन्ज मेला लगाएको छ । बजाजले पनि थप १५ हजार मूल्यङ्कन र नगद छुट दिने घोषणा गरेको छ । कम्पनीले ८ हजारसम्म नगद छुट दिने भनेपनि यसमा सर्तहरु लागु हुने जनाएको हो ।

एक्सचेन्जमा बजाजका मोटरसाइकल किन्ने ग्राहकले डाउन पेमेन्ट वापतको लाग्ने ५० प्रतिशत रकम बुझाएमा सून्य प्रतिशत व्याजदरमा १८ महिनामा तिर्नेगरि ग्राहकले मोटरसाइकल खरिद गर्न सक्ने छन् । हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले बजाजको पल्सर सिरिज, एनएस सिरिज, एभेन्जर, डोमिनार जस्ता मोटरसाइकल विक्री गर्दै आएको छ ।

टीभीएसले पनि सिमित समयको लागि भन्दै उपत्यकामा एक्सचेन्ज मेला संचालन गरिरहेको छ । कम्पनीले पनि टीभीएसको मोटरसाइकलसँग कुनै पनि ब्राण्डको पुरानो मोटरसाइकल साट्दा १५ हजार रुपैयाँ थप मूल्याङ्क दिने जनाएको छ । कम्पनीले यसरी एक्सचेन्ज मार्फत मोटरसाइकल किन्नेले ५० प्रतिशत डाउन पेमेन्ट पुर्याउदा सून्य प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ । यसरी लिएको कर्जा १८ किस्तामा भुक्तानी गरिसक्नु पर्ने छ ।

टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले अपाचे सिरिजका मोटरसाइकल, एनटर्क, जुपीटर जस्ता स्कुटर र आरआर ३१० जस्ता पावर फुल मोटरसाइकल विक्री गर्दै आएको छ ।


Back_to_top