जेडी पावरका अनुसार २०१९ को विश्वसनिय कार ब्रान्ड

काठमाडौं । सवारीसाधनको विश्सनियता बारे जेडी पावरले हरेक वर्ष अध्ययन गरि प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । जेडी पावरले २०१९ का विश्वसनिय सवारी ब्रान्डको सूची सार्वजनिक गरेको छ । 

जेडी पावरले नयाँ सवारी प्रयोगकर्ताले सवारी किनेको पहिलो ९० दिनको अनुभवका आधारमा उक्त अध्ययन गर्दै आएको छ । यो अध्ययनमा सवारी प्रयोगकर्तालाई कारको सुचना प्रणाली, कार भित्रको इलेक्ट्रोनिक्स सिस्टम, आरामदायीपन लगायत प्रश्न गरिएको थियो । 

यहाँ जेडी पावरले २०१९ मा कारको विश्वसनियता बारे गरेको अध्ययन अनुसार उत्कृष्ट १० कार कम्पनीको सूची यस्तो रहेको छ । 

१०. टोयोटा 

जेडी पावरका अनुसार टोयोटाका १ सय सवारीमा औषत ९० समस्या देखिएको छ । जापानी कार उत्पादक कम्पनी टोयोटा विश्वकै धेरै कार उत्पादन गर्ने मध्येको कम्पनीमा पर्छ । 

९. लेक्सस

लेक्सस टोयोटाको विलाशी ब्रान्ड हो । लेक्ससमा पनि १ सय सवारीमा औषत ९० समस्या देखिएको जेडी पावरको अध्ययन प्रतिवेदनमा उल्लेख छ । 

८. डोज

जेडी पावरका अनुसार डोज कार ब्रान्ड आठौँ स्थानमा रहेको छ । यो कार विश्वसनिय ब्रान्डको सूचीमा आठौं स्थानमा रहँदा १ सय कारमा ९० वटा नै समस्या देखिएको छ । 

७. निसान

जापानी कार उत्पादन कम्पनी निसानका १ सय कारमा ८६ वटा समस्या आएको जेडी पावरको भनाई छ । कर्पोरेट विवादमा परेको निसानलाई यसले केही रात दिने अनुमान गरिएको छ । 

६. सेब्रोले

सेब्रोले अमेरिकी कार उत्पादक कम्पनीले हो । जेडी पावरको विश्वसनियता अध्ययनमा सेब्रोलेका १ सय कारमा ८५ वटा समस्या देखिएको उल्लेख छ । 

५. लिंकन 

लिंकन पनि अमेरिकी कार उत्पादक कम्पनी हो । जेडी पावरको १० विश्वसनिय कारको सूचीमा यो पाँचौं स्थानमा रहेको छ । लिंकनका १ सय कारमा ८४ वटा समस्या देखिएको हो । 

४. फोर्ड

अमेरिकी कार उत्पादक कम्पनी फोर्डका १ सय कारमा ८३ वटा समस्या देखिएको  छ । जेडी पावरको सूचीमा फोर्ड चौथो स्थानमा रहेको छ । 

३. हुन्डाई

दक्षिण कोरियाली कार उत्पादक कम्पनी हुन्डाई जेडी पावरको विश्वसनिय कार ब्रान्डको सूचीमा तेस्रो स्थानमा रहेको छ । हुन्डाईका १ सय कारमा ७१ वटा समस्या देखिएको छ । 

२. किया

किया पनि कोरियाली कार उत्पादक कम्पनी हो । हुन्डाईको तुलनामा कियाका कारमा कम समस्या देखिएको प्रतिवेदनले देखाएको छ । २०१९ को अध्ययनमा कियाका १ सय कारमा ७० वटामात्र समस्या देखिएको जेडी पावरले जनाएको छ । 

१. जिनेसिस

हुन्डाईको विलाशी कार ब्रान्डको रुपमा रहेको जिनेसिस सबैभन्दा विश्वसनीय कारको रुपमा रहेको छ । जेडी पावरका अनुसार १ सयवटा कारमा जम्मा ६१ वटा मात्र समस्या रहेको प्रयोगकर्ताहरुले उल्लेख गरेका छन् । 


Back_to_top