जीप दुघटना हुँदा दुईको मृत्यु

बझाङ । छविसपाथीभेरा गाउँपालिका–४ मेलपानीमा आज अपराह्नसे१ज ८३७ को जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन् । 

मृत्यु हुनेमा सोही गाउँपालिका–४ बस्ने ४५ वर्षीय वीरेन्द्रबहादुर सिंह र उनकी श्रीमती ३८ वर्षीया ज्वालादेवी रहेको तथा तिनका दुई छोराछोरी घाइते भएको छविसगाउँपालिका उपाध्यक्ष राधिकाकुमारी रतालाले जानकारी दिइन् । 

घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सिम्खेत ल्याइँदैछ । 


Back_to_top