काठमाडौं । टिभिएस मोर्टसको आधिकारीक वितरक जगदम्बा मोर्टसले मोटरसाइकलको मूल्यसूची प्रकाशन गरेको छ । बजेटले गरेको नयाँ ब्यवस्था अनुसार आफ्ना उत्पादनहरुको मूल्य बढाएको कम्पनीले जनाएको छ ।
कम्पनीले अहिले स्टकमा रहेका मोटरसाईकल पुरानै मूल्यमा बेच्ने भन्दै नयाँ मूल्य सूची सार्वजनिक गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार अपाचे आरटिआर २०० मा ३३ हजार मूल्य बढ्ने जनाएको छ । अहिले २ लाख ९१ हजार ९००मा बिक्री भइरहेको यो बाइक नयाँ आउँदा ३ लाख २४ हजार ९०० रुपैयाँ पर्ने छ ।
त्यसैगरि अपाचे आरटिआर १८० मा २५ हजार मूल्य बढाएको छ । अहिले २ लाख ५४ हजार ९०० मूल्य रहेको यो बाइक अब २ लाख ७९ हजार ९०० रुपैयाँ तिर्नुपर्ने छ ।
त्यस्तै अपाचे आरटिआर १६० मा कम्पनीले ७ हजार मूल्य वृद्धि गरेको छ । यसअघि २ लाख ४४ हजार ९०० मूल्य रहेको यो वाइक अब २ लाख ५१ हजार तिरेर किन्नुपर्ने छ ।
कम्पनीले टिभिएस स्टाइकरमा ७ हजार मूल्य बढाएको छ भने न्युफोनेक्समा ६ हजार मूल्य बढ्ने छ । ११० सीसी क्षमताको टिभिएस स्टार सिटिमा ५ हजार मूल्य बढाईएको छ ।
कम्पनीले बिक्री गर्ने सबै स्कुटरहरु टिभिएस वीगो, स्कुटी जेष्ठ, जुपिटर ११०, जुपिटर क्लासिकलगायतमा ५ हजार रुपैयाँले मूल्य बढ्ने जनाइएको छ ।
१५० सीसीभन्दा कम क्षमताका बाइक तथा स्कुटरमा सडक दस्तुरबापत ५ हजार रुपैयाँले वृद्धि गरिएकाले कम्पनीले ५ हजार रुपैयाँले मूल्य बढाएको जनाएको छ ।