कम्प्याक्ट एसयुभीमा महिन्द्रा एस२०१, ब्रेजालाई देला टक्कर ? यस्ता छन् फिचर

काठमाडौं । भारतीय सवारी उत्पादक कम्पनी महिन्द्राले ल्याउन लागेको नयाँ कार एस२०१को चर्चा निक्कै रहेको छ । 

यो कार सर्वाधिक प्रतिक्षा गरिएको कारका रुपमा समेत रहेको छ । महिन्द्राले एस२०१ यही वर्षको अन्त्यसम्ममा बजारमा ल्याउने तयारी गरेको छ । 

यो कारको सुरुवाति डिजाइनदेखि बिभिन्न विकासका चरणमा कम्पनीले निकै महत्वका साथ काम गरेको जनाएको छ । 

महिन्द्रा एस२०१ को इन्टेरियरका बारेमा अझै केही बाहिर ल्याइएको छैन । महिन्द्रा एस२०१ स्याङयोङको प्लेटफर्ममा निर्माण गरिएको गाडी हो । तर एस२०१ टिभोली भन्दा निक्कै भिन्न डिजाइनमा बजारमा आउने अनुमान गरिएको छ । 

फिचर

एस२०१ थ्री स्पोक स्टेरिङ ह्वीलमा आउने छ । पुस बटम स्टार्ट, एलोय ह्वील, प्रोजेक्टर हेडल्याम्प, स्पोइलर, अटोमेटिक हेडल्याम्प, अटोमेटिक वाइपरलगायत विशेषता यसमा रहने छ । 

महिन्द्रा एस२०१ मा १.५ लिटर डिजेल इन्जिन हुने छ । उक्त इन्जिनले ९० पीएस पावरमा दिने छ । त्यस्तै नयाँ १.२ लिटर थ्री सिलिन्डर पेट्रोल इन्जिनमा पनि आउने छ । डिजेल इन्जिनमा ६ स्पिड म्यानुअल गेयर बक्स र पेट्रोल इन्जिनमा ५ स्पिड म्यानुअल गेयर बक्स हुनेछ । 

२०१८ को अन्त्यसम्ममा सार्वजनिक गर्ने तयारी गरिएको महिन्द्रा एस२०१ ले मारुती सुजुकीको भिटारा ब्रेजा र फोर्डको इकोस्पोर्टसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।


Back_to_top