काठमाडौं । भारतको दुई/तीन पांग्रे सवारी उत्पादन कम्पनी टिभिएस मोटरले नयाँ हाइब्रिड स्कुटर ल्याउने भएको छ । २०१८ को अन्त्यसम्ममा कम्पनीले आइक्युव हाइब्रिड स्कुटर बजारमा ल्याउने तयारी गरेको हो ।
परम्परागत स्कुटर उत्पादनमा भन्दा फरक उत्पादनमा केन्द्रीत भएको टीभीएसले आइक्युवसँगको सहकार्यमा हाइब्रिड सेगमेन्टको स्कुटर बनाउन लागेको हो । यो स्कुटरको कन्सेप्ट २०१० को अटो एक्सपोमा सार्वजनिक भएको थियो ।
यो स्कुटरमा पहिलेको जस्तै १ सय १० सीसी क्षमताको पेट्रोल इन्जिन हुनेछ भने इलेक्ट्रिक मोटरका रुपमा दुईवटा अप्सन आउने छन् ।
यसमा १५० डब्लूएच र ५ सय डब्लूएचको पावर हुने छ । पेट्रोल र इलेक्ट्रिक दुवै पावरबाट चल्ने भएकाले यो स्कुटर निक्कै उपयोगी हुने बताइएको छ । टिभिएसले सुरुको डिजाइनको तुलनामा अहिले केही परिमार्जन गरि उत्पादन गरि रहेको छ ।
एफएएमइ स्किम अन्तर्गत बन्ने भएकाले यो हाइब्रिड स्कुटर अन्य स्कुटरसँग मूल्यमा प्रतिस्पर्धा गर्ने सक्ने हुनेछ ।
टिभिएसको यो परियोजना सफल भएमा अन्य स्कुटरहरु पनि हाइब्रिड भर्सनमा उत्पादन हुनेछन् । यो यसै वर्षको अन्त्यसम्ममा थाहा हुनेछ । भारतीय ब्रान्ड टीभीएसले आइसी–इलेक्ट्रिक हाइब्रिड ड्राइभ सिस्टमको ब्रान्ड पेटेन्ट गत वर्ष दर्ता गरि सकेको छ ।
यो स्कुटरको इन्जिन फोर–स्पिड ट्रान्समिसन र इकोनोमि तथा पावर दुवै मोडमा चलाउने विकल्पसमेत हुनेछ ।
यो स्कुटरको हाइब्रिड मोडले पावर मोडमा राम्रो पर्फमेन्स दिनुका साथै इलेक्ट्रीक मोटरले इनर्जी बचत गर्ने र प्रदूषण कम गर्न सहयोग पुर्याउने छ ।

