काठमाडौं । हुन्डाईले ‘आई २० फेसलिफ्ट’ प्रिमियम ह्याचब्याक कार भारतीय बजारमा बिक्री सुरु गरेको छ । कम्पनीले भारतीय मोटर शो २०१८ मा यो कारको मिड फेसलिफ्ट प्रर्दशनी गरेको थियो । अब यो कारमा कम्पनीले अर्को एक विशेष फिचर थप गरेर बजारमा ल्याएको छ ।
हुन्डाई आई २० फेसलिफ्ट अब म्यानुयल र अटोमेटिक दुबै सेग्मेन्टमा उपलब्ध हुनेछ । नेपाली बजारमा समेत निकै चर्चित यो कारमा यसअघि म्यानुयल गियरमा मात्रै थियो, अटोमेटिक गिएरमा थिएन ।
स्मार्ट किलेस इन्ट्रि, लेदर र्याप स्टेरिङ, २ देखि ६ वटासम्म एयरब्यागजस्ता फिचर यसमा दिइएको छ ।
१.२ लिटर, ४ सिलिन्डर पेट्रोल इन्जिन रहेको छ । जसले ८२ बिएचपी पिकपावर र ११५ एनएम टर्क उत्पादन गर्छ । यस कारमा सिभिटी गियरबक्स दिइएको छ जसले सहरी इलाकामा सहज ड्राइभिङको लागि निकै सहयोग गर्ने छ ।
यो कार मगना र अस्ता गरि दुई भेरिएन्टमा उपलब्ध हुने छ । सिभिटी अटोमेटिक अप्सन भने स्टायन्डर्ड अस्तामा मात्र उपलब्ध हुने छ । यो हुन्डाई आई २० को टप लाइनअप समेत हो ।
यस कारमा डे डाइम रनिङ लाइट दिइएको छ भने, २ प्रकारको ह्वील पाउन सकिन्छ । १५ इन्च र १६ इन्च डायमन्ड कट एलोइह्वील मध्ये छनोट गर्ने अप्सन ग्राहकलाई दिइएको छ । स्मार्ट किलेस इन्ट्रि, लेदर र्याप स्टेरिङ, २ देखि ६ वटासम्म एयरब्यागजस्ता फिचर यसमा दिइएको छ ।
अटोमेटीक भर्सनको मूल्य भारतीय बजारमा ७ लाख ४ हजारदेखि ८ लाख ४१ हजार भारु रहने छ । कम्पनीले भारतीय बजारमा मारुति सुजुकी बलेनो र फक्सवागेन पोलोसँग प्रतिस्पर्धा गर्न ३० हजार मूल्य घटाएर ल्याएको भारतीय मिडियाले जनाएका छन् ।

