जीपको पहिलो इलेक्ट्रीक एसयूभी ‘एभेन्जर’, थप दुई कन्सेप्ट पनि सार्वजनिक

काठमाडौं । जीपले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी एभेन्जर नामबाट सार्वजनिक गरेको छ । कम्पनीले यही अक्टोबर १७ तारिखबाट यसको बुकिङ खुल्ला गर्ने जनाएको छ ।

सुरुमा यूरोपियन बजारमा विक्री हुने जीप एभेन्जर सन् २०२३ मा नेपाल पनि आउने अनुमान गरिएको छ । चार मिटरभन्दा केही ठूलो साइजमा आएको यो एसयूभीको मुख्य प्रतिस्पर्धी क्रेटा, सेल्टोस जस्ता मोडल हुनेछन् ।

जीपले आफ्नो आइकोनिक सेभेन स्लट ग्रीललाई विद्युतीय मोडलमा पनि निरन्तरता दिएको छ । निकै आकर्षक देखिएको एभेन्जरमा स्लीक हेडल्याम्प, बाक्लो बडी क्लाडिङ, प्रोमिनेन्ट ह्वील आर्क, फङ्सनल रुफरेल, स्पोर्टी अलोय ह्वील, सि पिलरमा दिइएको डोर ह्याण्डल, एक्स आकारको एलइडी टेललाइट, ड्यूल टोन कलर यसमा देखिएको छ ।

कम्पनीले यसमा कुन साइजको ब्याट्री रहन्छ भन्ने विषय पेरिस मोटर शोमा घोषणा गर्ने जनाएको छ । कम्पनीले यसमा ७० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहने जनाएको छ । यसको रेन्ज भने ४०० किलोमिटर रहने बताइएको छ ।

2024 Jeep Wagoneer S

यसलाई कम्पनीले प्लगइन हाइब्रिड मोडलमा १.२ लिटर क्षमताको इन्जिन र १७ किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा ल्याउने छ । साथै, जीपले सन् २०२४ मा बजारमा ल्याउनेगरी रिकोन कन्सेप्ट र वागिनार एस कन्सेप्ट सार्वजनिक गरेको हो ।

2024 Jeep Recon


Back_to_top