जीपको ‘कम्पास ट्रायलहक’ सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं । नेपालका लागि जीपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले जीपको ‘ट्रायल रेटेड’ एसयूभी कम्पास ट्रायलहक सार्वजनिक गरेको छ ।

नयाँ कम्पास ट्रायलहकमा २.० लिटरको मल्टिजेट टर्बो डिजेल इन्जिन प्रयोग गरिएको छ जसले अधिकतम १७० एचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्छ । जीपले कम्पास ट्रायलहकमा पहिलो पटक ९ स्पीडको डिजेल अटोमेटिक ट्रान्समिसन इन्जिन प्रयोग गरेको छ । नेपालमा जीप कम्पास ट्रायलहकको मूल्य १ करोड २४ लाख ९० हजार रपैयाँ तोकिएको छ ।

‘ट्रायल–रेटेड’ उपमा पाउन जीपले ‘ट्रयाक्सन’, ‘वाटर फोर्डिङ’, ‘म्यानुराबिलिटी’, ‘आर्टिकुलेसन’ र ‘ग्राउन्ड क्लेरेन्स’ गरी पाँच वटा विभिन्न क्षमता परीक्षण उत्तिर्ण गर्नु पर्छ । जीपले ‘¥यांग्लर’ र ‘चेरोकी’ जस्ता केही निश्चित मोडेललाई मात्र ‘ट्रायल–रेटेड’ ब्याज दिने गरेको छ ।

अल ह्विल ड्राइभ (एडब्लुएच)प्रविधि रहेको ट्रायलहकमा जीप एक्टिभ ड्राइभ ४बाई४ लो, इन्जिन स्टप/स्टार्ट, एड्भान्स्ड क्रुज कन्ट्रोल, बिल्ट–इन नेभिगेसन, हिल डिसेन्ट कन्ट्रोल, र पहिलोपटक ‘रक मोड’ टेरेनको सुविधासमेत रहेको छ । यसअघिका कम्पास भेरियन्टमा ‘स्नो’, ‘स्यान्ड’, ‘मड’ र ‘अटो’ मोड थिए ।

ट्रायलहकको हुडमा ‘एन्टी–ग्लेर डिकेल’ रहेको छ जसले गर्दा सूर्यको प्रकाशले चालकको ‘भिजिबिलिटी’मा कुनै समस्या पैदा गदैन । यसको फ्रन्ट बम्पर रिडिजाइन गरी अफरोडका लागि ‘क्यापेवल’ बनाइएको छ । अगाडिको बम्परको एपोच एंगल २६.५ डिगी रहेको छ भने पछाडिको डिपार्चर एंगल ३१.६ डिगी रहेको छ ।  

ट्रायलहकमा १७ इन्चको एलोइ ह्विल लगाइएको छ भने ग्राउन्ड क्लेरेन्स २०५ एमएम रहेको छ ।  फ्रन्ट बम्परको मुनि राखिएको ठूलो एअर ड्यामले गहिरो पानी भएको सतहमा गाडी चलाउँदा पनि ‘एअर इन्टेक’गर्न मद्दत गर्छ । जीपकम्पास ट्रायलहक ८४ सेन्टिमिटर सम्मगहिरो पानीमा पनि विना समस्या चलाउन सकिन्छ ।

ट्रायलहकमा आकर्षक रातो स्टिच गरिएको कालो प्रिमियम लेदरको सिट राखिएका छन् । इन्टेरियरको अन्य विभिन्न स्थानमा ‘रेड टच’ दिइएको छ र यसमा ठूलो पानोरामिक सनरुफ लगाइएको छ । त्यसैगरी, इन्स्ट्रयुमेन्ट क्लस्टरमा७इन्चको स्क्रिन प्रयोग गरिएको छ जसले नेभिगेसन डिरेक्सन, इन्जिनको तापमान, इन्जिनओइल र ट्रान्समिसन ओइल, ट्यांकमायुरियाको मात्रा, माइलेज, रेडियो फ्रेक्वेन्सी, गियर सेलेक्ट लगायतको सूचना दिन्छ । स्टेरिङ ह्विलको दायापट्टि अबक्रुज कन्ट्रोल र बायाँतिर रेडियो, संगीत, जलवायु र नेभिगेसनका लागि ‘भ्वाइस एक्टिभेटेड कन्ट्रोल’ राखिएको छ । 

ट्रायलहकमा पनि अन्य जीप कम्पासमाझैं ५० भन्दा बढी सुरक्षा फिचर छन् । यसमा पछाडिको सिटका यात्रुलाई टाउको चोटबाट बचाउने ‘साइड फुल कर्टेन एअरब्याग’सहित ६ वटा एअरब्यागको व्यवस्था गरिएको छ । 

त्यसैगरी, एमएडब्लु लाइफले नाडामै कम्पास स्पोर्ट प्लस पनि लन्च गरेको छ । जीप कम्पास स्पोर्ट प्लस बेस अप्सन स्पोर्टभन्दा माथिको भेरियन्ट हो जसमा प्रिमियम फिचरहरु अफर गरिएका छन् । १६ इन्चको एलोइ ह्विल, डुअल टोन क्लाइमेट कन्ट्रोल, रियर पार्किङ सेन्सर र ब्ल्याक रुफ रेल यी प्रिमियम फिचर हुन् । साथै, यसमा इलेक्ट्रिकल्ली एड्जस्टेबल आउटसाइड रियर–भ्यु मिरर, डे–टाइम रनिङ ल्याम्पस, अल–ब्ल्याक इन्टेरियर फेब्रिकअप होल्स्ट्रा र यु कनेक्ट ५.० टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम छन् । 

सुरक्षाको कुरा गर्ने हो भने यसमा डअल फ्रन्ट एअरब्याग, इलेक्ट्रिक पार्किङ ब्रेक, एन्टिलक ब्रेक सिस्टम, इलेक्ट्रोनिक ब्रेक डिस्ट्रिब्युसन, प्यानिक ब्रेक असिस्ट, फोर डिस्क ब्रेक, आइसोफिक्स चाइल्ड सिट एंकर र एडाप्टिभ ब्रेक लाइट जस्ता सुविधा पनि छन् । 

साथै, हिल स्टार्ट असिस्ट, ईसीएस (इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल) र टीसीएस (ट्रयाक्सन कन्ट्रोल सिस्टम’ र डाइनामिक स्टिरिङ टर्क पनि छ । यसको मूल्य ७३ लाख ९० हजार रुपैयाँ तोकिएको छ । 


Back_to_top