टोयोटाले सार्वजनिक गयो हाइब्रिड सहित ३ नयाँ कार (मूल्यसहित)

काठमाडौं । टोयोटाको आधिकारीक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले नाडा अटो शो २०१९मा दुईवटा हाइब्रिड मोडलहरु र्‍यभफोर र क्याम्री हाइब्रिड र र्‍यभफोर ग्यासोलिन सार्वजनिक गरेको छ । 

नेपालमा प्योर हाइब्रिड गाडी सार्वजनिक गर्ने टोयोटा पहिलो अटोमोबाइल कम्पनी भएको छ । दुईवटा पावर ट्रेन इन्टर्नल कम्बस्चन इन्जिन र इलेक्ट्रीक मोटरको सम्मिश्रण भएको हाइब्रिडले अधिकतमशक्ति दिनुका साथै न्युनतम फ्युलको प्रयोग गरी प्रदुषण समेत कम गर्नेछ । 

हाइब्रिड सिनर्जी ड्राइभ टेक्नोलोजी भएको यस सवारीमा स्वचालित रुपमा ग्यास र इलेक्ट्रीक पावर समय अनुसार बदल्ने काम गर्छ । इन्टर्नल कमबस्टन इन्जिन र रिजेनेरेटिभ ब्रेकिङको सहायतामा चार्ज हुने यस सवारीको ब्याट्री लाईफ १५ वर्ष रहेको छ । 

हाइब्रिड र्‍यभफोर ३ ड्राइभिङ मोड समेत उपलब्ध रहेका छन् । जसमध्य इभी मोडमा ब्याट्री मात्र खपत भइ प्रदुषण सून्य हुन्छ । इको मोड र स्पोर्टमा गाडी चलाउन सकिन्छ । 

नयाँ र्‍यभफोर हाइब्रिडले साधारण ड्राइभिङमा २४ किमि प्रतिलिटर माइलेज दिन्छ । ८ वटा एयरब्याग भएको एसयूभीको ब्याट्री चार्ज गर्न प्लगड इन गर्नु पर्ने छैन । भेइकल इस्ट्याबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम, एन्टीलक ब्रेकिङ सिस्टम, इमर्जेन्सी सिग्नल सिस्टम, हिल स्टार्ट असिस्ट कन्ट्रोल जस्ता विशेषता रहेका छन् । बजारमा यसको मूल्य १ करोड ३४ लाख रुपैँया रहेको छ ।  

त्यसैगरी नयाँ क्याम्री हाइब्रिडको विशेषता भनेको साधारण ड्राइभिङमा यस सवारीले २३ किमि प्रतिलिटर माइलेज दिन्छ । ९ वटा एयरब्याग भएको यस सवारीमा पनि ३ वटा ड्राइभिङ मोड रहेको छ । बजारमा यस सवारीको मुल्य रु. १ करोड ३१ लाख रुपैँया रहेको छ ।


Back_to_top