सन् २०१७ मा भारतीय बजारमा प्रबेश गरेको जीपले छाटो समयमा राम्रो बजार पाएको भन्दै ग्राहकको माग बढ्दै गएकाले अब इलेक्ट्रीक एसयूभी निर्माणको तयारी भइरहेको जानकारी दिएको छ ।
जीप इन्डियाका प्रेसिडेन्ट तथा प्रबन्ध निर्देशक पार्थ दत्ताले कम्पनीले भारतमा जीप ब्राण्डमा नै इलेक्ट्रीक एसयूभी ल्याउने तयारी भइरहेको जानकारी दिएका हुन् ।
इटली र अमेरिकी स्वामित्वमा रहेको एफसीए ग्रुपले विश्व बजारमा फियात लगायतका विभिन्न ब्राण्डमा गाडी उत्पादन र बिक्री वितरण गर्दै आइरहेको छ । अबभने इलेक्ट्रीक कारको मागमा आएको बढोत्तरीसँगै कम्पनीले इलेक्ट्रीक गाडी उत्पादनलाई तिब्रता दिन लागेको बताइएको छ ।
दत्ताले कुन, कस्तो र कति मूल्य बराबरको इलेक्ट्रीक गाडी ल्याउने तयारी भइरहेको विषयमा जानकारी नदिएपनि ग्राहकले टेक्नोलोजीमा आधारित गाडी रुचाउन थालेकाले नयाँ इलेक्ट्रीक टेक्नोलोजी युक्त गाडी बनाउन लागेको जानकारी दिएका हुन् ।
नेपालमा पनि सन् २०१८ देखि जीपका उत्पादन बिक्री हुँदै आइरहेको छ ।

