जीप र्‍याङलर विलिसको स्पेशल एडिसन सार्वजनिक, बजारमा ३० युनिट मात्रै आउने

काठमाडौं । जीप इण्डियाले र्‍याङलर विलिसको स्पेशल एडिसन सार्वजनिक गरको छ ।

विश्व अटोमोबाइल बजार अत्याधुनिक प्रविधिका स्क्रीन, सेन्सर, क्यामरा जडित सवारी आइरहेका बेला जीपले भने आफ्नो ८४ वर्ष पुरानो र्‍याङलर विलिसको स्पेशल एडिसन बजारमा ल्याएको हो ।

जीपले भने सन् १९४१ मा उत्पादन भएको जीप विलिस स्पेशल एडिसन सार्वजनिक गरेको हो । जीपले विलिस स्पेशल एडिसन जम्मा ३० युनिट मात्र उत्पादन गरेको छ ।

यो ४१ स्पेशल एडिसनमा कनेक्टीभिटीलाई वास्ता नगरेर रिभर क्रसिङलाई फोकस गरिएको छ । मिलेटरी ग्रिन कलरमा पेन्ट भएको यो अफरोड आइकोनिक लाइफस्टाइल एसयूभीमा बोनेटमा १९४१ डेकल रहेको छ ।

बाहिर विलिसको बडि डिजाइन भए पनि यसको भित्र भने र्याङ्लर रुबिकनको इन्जिन रहेको छ । २.० लिटरको टर्बो पेट्रोल इन्जिनले २६८ हर्सपावर तथा ४०० न्युटन मिटर टर्क जेनेरेट गर्छ । ८ युनिट अटोमेटिक गियर बक्स दिएको यो एसयूभीमा ४ बाई ४ को ड्राइभिङ क्षमता रहेको छ ।

यसमा अन्य एसेसरिजको रूपमा पावर्ड साइड स्टेप, फ्रन्ट एण्ड रिअर ड्यासक्याम इन्टेरियर ग्राब ह्याण्डल, स्पेशल अल वेदर फ्लोर म्याट, तथा सनराइड रफटप, साइड ल्याडर विथ रुफ क्यारियर तगायत अन्य एड्भेन्चर एस्थेटिक रहेको छ ।

भारतीय बजारमा मात्र बिक्री गरिने जीप विलिस ४१ एडिसनको मूल्य ७३.२४ हजार भारु तोकिएको छ ।

 


Back_to_top