काठमाडौं । भारतीय मोटरसाइकल तथा स्कुटर निर्माता टीभीएस मोटरले बजारमा सुपरमोटो डिजाइनमा नयाँ मोटरसाइकल ल्याउने भएको छ ।
कम्पनीले आफुसँग भएका मोटरसाइकलका मोडलहरु भन्दा बिल्कुलै नयाँ कन्सेप्ट डिजाइनमा अपाचे आरटीएस एक्स नामबाट पेटेन्ट दर्ता गरेको हो ।
कम्पनीले यो मोटरसाइकलको प्रोटोटाइप डिजाइन भने भारत मोबिलिटी एक्स्पो २०२५ मा प्रदर्शन गरेको थियो ।
कम्पनीले ल्याउने ३०० सीसी इन्जिन क्षमताको नयाँ मोटरसाइकल सुपरमोटो डिजाइनमा निकै आर्कषक देखिएको छ । भारतीय दुई पाङ्ग्रे क्षेत्रमानै यो सेग्मेन्ट पहिलो मोडल भएको र अपाचे आरटीएस एक्स सुपरमोटो नामबाट बजारमा उपलब्ध हुनेछ ।
छोटो चुच्चो भएको एलियनिस्टिक फ्रन्ट फेसिया र ठाडो सिधा ह्यान्डलबारले राइडरहरुलाई कमान्डिङ राइडिङ पोजिसन दिनेछ । यसको इन्धन ट्याङ्की ठूलो र त्यसलाई मस्कुलर ट्याङ्की एक्स्टेन्सनले ढाकेको छ।
यस मोटरसाइकल स्टार्ट गर्न फिजिकल कि आवस्यक पर्दैन । यसको इग्निशन कि सिस्टम इन्धन ट्याङ्कीमा बटनको रुपमा पाउन सकिन्छ । पछाडिको सबफ्रेम र टेल लाइटलाई निकै आकर्षक देखिने गरि डिजाइन गरिएको छ ।
त्यसैगरि, पिल्स आकारको डिजिटल स्ट्रुमेन्ट कन्सोल, अगाडि एड्जस्टेवल टेलिस्कोपिक फोर्क, पछाडि मोनोशक सस्पेन्सन सेटअप, फेन्सी स्विङआर्म, १७ इन्चको अलोय ह्वील र उच्च ग्राउन्ड क्लियरेन्स यस मोटरसाइकलमा हुनेछ।
अपाचे आरटीएस एक्स ३०० मोटरसाइकलमा २९९ सीसीको, सिंगल सिलिन्डर, लिक्वीड कूल्ड, डीओएचसी फोर भी इन्जिन रहने छ । यो इन्जिनले अधिकतम ३५ बीएचपी पावर तथा २८.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स हुनेछ भने मात्रै २.८ सेकेन्डमा ६० किलोमिटर प्रतिघण्टाको रफ्तार पकड्ने छ ।
१४४ किलोग्राम तौल रहेको यो मोटरसाइकल पहिलो भारतीय सुपरमोटो मोडल हुनेछ।