काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले इन्स्योर परियोजनासँगको सहकार्यमा व्यवसायजन्य शुरक्षा र स्वास्थ्य सम्बन्धी दुई दिने तालिम प्रदान गरेको छ ।
नाडाले वैशाख २४ र २५ गते नाडाका १२ सदस्य कम्पनीका २० जना प्रशिक्षार्थीहरूलाई उक्त तालिम प्रदान गरेको हो ।
उक्त तालिमले अटोमोबाइल वर्कशपहरूमा शुरक्षा, स्वास्थ्य र कल्याण सम्बन्धी चेतना र व्यवहारमा कसरी सुधार ल्याउन सकिन्छ भन्ने उद्देश्य राखेको नाडाले जनाएको छ ।
तालिममा जोखिम व्यवस्थापन लगायत कार्यस्थलका जोखिमहरू, त्यसको रोकथामका रणनीतिहरू र अटोमोबाइल उद्योगमा सुरक्षा संस्कृति लगायत बारेमा जानकारी प्रदान गरिएको थियो । प्रशिक्षर्थीलाई नेपालका ओएसएच विज्ञ दिनेशप्रसाद साहले प्रशिक्षण दिएका थिए ।
नाडाले इन्स्योरसँगको सहकार्यमा २ वर्षदेखि अटोमोबाइलसँग सम्बन्धित विभिन्न विषयहरूमा तालिम प्रदान गर्दै आएको छ । नाडाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस किसिमका तालिम कार्यक्रमहरू सञ्चालन गरेको हो ।
नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल र इन्स्योर परियोजनाका डेपुटी टिम लिडर संजीवकुमार राईले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र समेत वितरण गरेका थिए ।