इलेक्ट्रीक सवारीका लागि बीएमडब्लू र ज्यागुअर ल्यान्ड रोभरको सहकार्य

इलेक्ट्रीक सवारी वा प्लग–इन हाइब्रिड सवारीको विकासका लागि बेलायती अटो उत्पादन ज्यागुअर ल्यान्ड रोभर र जर्मन अटो उत्पादक बीएमडब्लूबीच सहकार्य हुने भएको छ । दुई कम्पनीले नयाँ पुस्ताको सवारी उत्पादन प्रविधिमा काम गर्ने भएका हुन् ।

दुई कम्पनीले संयुक्त रुपमा इलेक्ट्रीक ड्राइभ सिस्टमको विकास गर्ने जनाइएको छ । कार उत्पादकहरुले पछिल्लो समय अनुसन्धान र विकास (आरएन्डडी) मा ठूलो रकम लगानी गरि रहेका छन् । यो सम्झौताले दुबै कम्पनीले आरएन्डडीमा हुने लगानी निक्कै बच्ने अनुमान गरिएको छ ।

बीएमडब्लू र जेएलआरको साझेदारीले नयाँ इलेक्ट्रीक सवारी बजारमा आउने र दुई कम्पनीको व्यवसाय समेत बढी हुने अनुमान गरिएको छ । फोर्डले हालै इभी स्टार्ट अप कम्पनी रिभियनमा ५ अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ ।

दुई कम्पनीले संयुक्त रुपमा उत्पादन गरेर कहिले बजारमा सवारी ल्याउने भन्ने यकिन भने भएको छैन । नयाँ उत्पादन बजारमा आउन ३४ वर्ष लाग्ने अनुमान गरिएको छ ।

जेएलआरले अबको एक वर्षभित्र प्लग इन हाइब्रिड इभोक र डिस्कभरी स्पोर्ट र बीएमडब्लूले आगमी वर्ष इलेक्ट्रीक आइएक्स-३ र आइ-४ बजारमा ल्याउने बताइ सकेका छन् ।


Back_to_top