नाडा अटो शो २०१९ को स्टल बुकिङ भोलिदेखि

फाइल तस्बिर

काठमाडौं । नाडा अटो शो २०१९ का लागि स्टल बुकिङ खुल्ला भएको छ । नाडाले अटो शोमा सहभागी हुने सदस्यहरुका लागि स्टल बुकिङ भोलि अर्थात जेठ २७ गतेदेखि खुलाएको हो । बुकिङ गर्ने अन्तिम मिति जेठ ३० सम्म रहेको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हरेक वर्ष नाडा अटो शो आयोजना गर्दै आएको छ । २०१९ संस्करणका लागि स्टल बुकिङ भोलीदेखि हुनेछ । ३० गते बुकिङको समय सकिएपछि लक्की ड्र गरि स्टल छनोट हुने नाडाले जनाएको छ ।

नेपालमा उपलब्ध सवैजसो ब्रान्ड प्रदर्शमीमा सहभागी हुने छन् । नाडा अटो शोमा सवारी तथा सवारी जन्य उत्पादन, बैंक तथा वित्तियसंस्था, विज्ञ तथा सरोकारवालाको सहभागिता रहेन छ ।

अटो शोमा २५ चारसांग्रे सवारी बिक्रेता कम्पनी र करिब २५ वटै दुईपांग्रे सवारी बिक्रेता कम्पनी, सबै खाले स्पेयर पार्टस कम्पनीको सहभागिता रहने छ । त्यस्तै नेपालमै उत्पादिन लुब्रिकेन्ट, टायर समेत प्रदर्शनीमा राखिने छ ।


Back_to_top