टोयोटा प्रियस र होन्डा एकर्डमा कुन उत्कृष्ट, यस्तो माइलेज

नेपाली बजारमा भेटिने हाइब्रिड कार टोयोटा प्रियसको २०१९ मोडल अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक भएको छ भने होन्डा एकर्डको पनि २०१९ मोडल भारतमा सार्वजनिक भएको छ । 

यस्तोमा नेपाल सरकारले दिएको भन्सार र अन्तःशुल्क छुटलाई उपयोग गर्दै यी दुई कार नेपाली बजारमा आउने बलियो सम्भावना रहेको छ । 

माइलेज र रेञ्ज

इपिए टेस्ट साइकलमा टोयोटा प्रियसको माइलेज होन्डा एर्कडको भन्दा बढि छ । प्रियसको फ्रन्ट ह्वील ड्राइभले सहरमा ५८ र हाइवेमा ५३ को माइलेज दिन्छ भने, अल ह्वील ड्राइभले सहरमा ५२ र हाइवेमा ४८ दिन्छ ।  तर, फ्रन्ट  ह्वील भेरियन्टमा मात्र उपलब्ध एकर्डले सहर र हाइवे दुवैमा ४८ को माइलेज दिन्छ ।

सुरक्षा

टोयोटा प्रियसमा विशिष्ट ‘हेडरेस्ट’ दिइएको छ जसले गाडी पछाडिबाट ठोक्कीदा चालक र अगाडिको यात्रीको गर्दन र मेरुडण्डमा चोट नलागोस भनेर यसको डिजाइन गरिएको छ । एकर्ड हाइब्रिडमा यो सुरक्षा प्रणाली छैन ।

पछाडिबाट ठोक्कीदा बर्षेनी हजारौं मानिसकोे मृत्यु हुने तथ्याङक रहेकाे छ । प्रियसको ४/४ टुरिङले ‘ब्याकअप कोलिजन प्रिभेन्सन’ (गाडी ब्याक गर्दा ठोक्कीनबाट जोगाउने) प्रविधि एच्छिक रुपमा उपलब्ध गराएको छ । यो प्रबिधिले सेन्सरको माध्यमले अटोमेटिक ब्रेक लगाई गाडी ठोक्कीन बाट जोगाउँछ ।एकर्डमा यो प्रविधि छैन ।

हिउँ, अफरोड आदिमा चलाउन सजिलो होस भनेर अतिरित्त शक्त्तिको लागि प्रियसमा ‘अल ह्वील ड्राइभ’ उपलब्ध छ ।

दुवै हाइब्रिडमा फ्रन्टल एयरब्याग, फ्रन्ट साइड–हेड एयर ब्याग, फ्रन्ट ह्वील ड्राइभ, फ्रन्ट सोल्जर बेल्ट, फोर व्ह्लि एन्टी लक ब्रेक, ट्रयाक्सन कन्ट्रोल, चिप्लन (स्किडिङ) बाट जोगाउने प्रबिधि, दिउँसो पनि बल्ने बत्ति, लेन छुट्दा चेतावनी दिने प्रविधि, पछाडिको क्यामेरा, चालकलाई सचेत बनाउने मनिटर, ब्लाइण्ड स्पटमा सचेत बनाउने प्रणाली आदि रहेका छन् ।

अमेरिकी नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिसट्रेसनले गरेको जाँचमा समग्रमा प्रियस र एकर्डलाई सुरक्षीत कार भनेको छ । यद्यपी टोयोटा प्रियसमा केही फिचर धेरै रहेका छन् । 

वारेन्टी

अन्तर्राष्ट्रिय बजारमा प्रियसका लागि २ बर्ष वा ४० हजार किलोमिटरसम्मका लागि निश्चत अवधिसम्म मेन्टिनेन्सको सुबिधा दिइएको छ । टोयोटाले यसका लागि तेल, लुब्रिकेन्ट लगायत सुबिधा निःशुल्क दिएको छ । तर, एकर्डले कुनै किसिमको सुबिधा छैन ।

बिश्वसनियता

एकर्डको रेडलाइन ६७०० आरपीएममा रहेको छ भने प्रियसको रेडलाइन ४००० आरपीएममा छ । यसरी हेर्दा एकर्डको तुलनामा प्रियस बढी बिश्वसनिय रहेको छ ।

जेडी पावरले गरेको अध्ययनले शुरुवाती गुणस्तरमा टोयोटाका गाडीहरु होन्डाको भन्दा केही राम्रा हुन्छन् । प्रति १०० गाडीमा टोयोटाको भन्दा होन्डाको गाडीमा थप ६ गाडीमा समस्या देखिएको छ ।

टायर र पाङग्राहरु

प्रियसको टायरको लम्बाई र चौडाइको अनुपात (सिरिज प्रोफाइल) ४५ छ । यसले राम्रो ह्याण्डलिङ दिने बताइन्छ । एकर्डको सिरिज प्रोफाइल ५० छ ।

चेसिस

प्रियस एर्कड भन्दा २०० देखी ३५० पाउण्ड हल्का छ । यसले गर्दा प्रियस ह्याण्डल गर्न, गति लिन चुस्त छ । प्रियस एकर्ड भन्दा १ फिट छोटो पनि छ । साँघुरो ठाउँमा पार्क गर्न पनि प्रियस सजिलो छ ।

कार्गो क्षमता

प्रियसमा पछाडीको सिट अलि माथी रहेको हुँदा धेरै खाली ठाउँ उपलब्ध छ ।

इर्गोनोमिक्स

प्रियसमा अगाडि र पछाडिका सबै झ्यालहरु एउटै स्विचले एक पटक मात्र थिचेर पनि पुर्ण रुपमा खोल्न वा बन्द गर्न सकिन्छ । तर, एकर्डमा पछाडिका झ्याल बन्द गर्न वा खोल्न स्विच थिचिराख्नु पर्छ । एक पटक मात्र थिचेर पुग्दैन ।

प्रियसमा पछाडिको सिसा सफा गर्ने रियर वाइपर छ जुन एकर्डमा छैन । प्रियसमा गति र मोडका आधारमा चलायमान हुने र कुनाकानी हेर्न सजिलो हुने हेडलाइट छन् । एकर्डमा छैनन् , सामान्य खाले नै छन् ।


Back_to_top