कलंकीको अन्डरपास आगामी आइतबारबाट संचालनमा आउने

काठमाडौं । दशैंमा उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनलाई मध्यनजर गर्दै अर्को आगामी आइतबारदेखि कलंकीमा निर्माण भएको अन्डरपास सञ्चालनमा ल्याउने तयारी भउको छ । 

हाल अन्डरपास पिचगर्ने काम अगाडी बढेकाले आगामी हप्ताबाट अन्डरपास संचालनमा आउने आयोजनाले जनाएको छ । 

अहिले दशैंको चापलाई हेरेर खोल्न लागिएको भएपनि दशैं पछि केहि दिन बन्द गरेर फिनिसिङको काम गर्ने आयोजनाले जनाएको छ । यसअघि परिक्षणको लागि भदौ १ गतेबाट केहि दिनको लागि अण्डरपास सञ्चालनमा ल्याइएको थियो ।

अण्डरपास सञ्चालनमा आएपछि उपत्यका बाहिरिने र भित्रिने प्रमुख नाका कलङ्कीमा कम जाम हुने विश्वास गरिएको छ । 


Back_to_top