जापानको चर्चित कम्पनी टोयोटाले सुरक्षा तथा सेक्यूरिटीको कारण देखाउँदै एन्ड्रोईड प्रविधिको प्रयोग गर्न इन्कार गरेको थियो । हाल, ग्राहकको अत्याधिक मागलाई मध्यनजर गर्दै कम्पनीले आफ्नो कारमा एप्पलकार–प्लेको अप्सन जडान गर्ने निर्णय गरेको छ ।
स्मार्टफोन मानव जीवनको अभिन्न अङ्ग बनेको छ । तर, सवारीसाधन चलाउँदा स्मार्टफोन प्रयोग गरेकै कारण थुप्रै सडक दुर्घटना हुने गरेका छन् । पछिल्लो समय ड्राइभिङ्गको समयमा स्मार्टफोनको प्रयोग गर्ने प्रवृत्तिलाई न्यूनीकरण गर्न एप्पलकार–प्ले तथा एन्ड्रोईड अटो प्रणालीको विकास हुँदै गएको छ ।
साथै, कारमा उपलब्ध इन्फोटेनमेन्ट सिस्टमले सो समयमा महत्वपूर्ण भूमिका निभाउने गर्छ । विशेषतः ग्राहकमाझ यो प्रविधिप्रतिको लगाव स्पष्ट देखिएको छ ।
तर, कतिपय अटो उत्पादक कम्पनीले भने यो प्रणालीलाई इन्कार गर्दैआएका छन् ।
कम्पनीले आगामी महिना एन्ड्रोईड अटो प्रणालीसहित निर्माण भएको कार सार्वजनिक गर्ने तयारी गरेको हो । इन्फोटेनमेन्ट सिस्टमको कारण अन्य कारको तुलनामा कमजोर मान्नसुरु गरिएको टोयोटाको कार अब थप प्रतिस्पर्धी बन्ने अनुमान लगाइएको छ । साथै, गुगलले सुरक्षाको विशेषलाई ध्यानमा राख्दै टोयोटासँग सहकार्य गरेको गरेको खुलासा भएको छ । हालसम्म एन्ड्रोईड सिस्टम अवलम्बन नगरेको बीएम–डब्ल्यू तथा पोर्शेसमेतले भविष्यमा यो प्रणाली पछ्याउने तयारी गरेका छन् ।
भविष्यमा एप्पल कार–प्लेले छुट्टै लोकप्रियता बटुल्ने निश्चित भएको छ । पछिल्लो समय यो सिस्टम शक्तिशाली माध्यमको रुपमा विस्तार भैरहेको छ । यसका अलवा कारमा ब्लू–टुथको माध्यमबाट पनि एन्ड्रोईड अटो–एप जडान गर्न सकिने जनाइएको छ ।


