नेपाली बजारमा बिक्रीका लागि नआएका तर भारतीय बजारमा विक्री वितरण भइरहेका महंगा गाडीको लिष्ट निकै लामो रहेको छ । त्यसो त पछिल्ला दिनमा भारतीय बजारमा महंगो कार चढ्ने मानिसको सङ्ख्या निकै छिटो बढि रहेको छ ।
लग्जरी कारप्रतिको आकर्षणलाई नियाल्दै विश्वका चर्चित कम्पनी भारतीय बजारमा महंगा कार सार्वजनिक गर्ने गर्छन् । यहाँ बिक्री हुँदैआएका महंगा कारको सूची यस्तो छ ।
रोल्स–रोयस फस्टम भीआईआईआई ईडब्ल्यू–एम

२०१८ को सुरुवातामा नै ब्रिटिश लग्जरी कार निर्माता कम्पनी रोल्स–रोयसले भारतीय बजारमा फस्टम भीआईआइआर्ई ईडब्ल्यू–एम कार सार्वजनिक गरेको थियो । यो कार स्ट्यान्डर्ड तथा एक्सटेन्डेड ह्वीलवेशगरी दुई भेरियन्टमा उपलब्ध रहेको छ । यसको लामो ह्वीलवेश भर्सनको मूल्य १० करोड ४८ लाख भारु तोकिएको छ । यो कार भारतीय बजारमा बिक्री हुने सबैभन्दा महंगो कारको सूचीमा परेको छ ।
रोल्स–रोयस फ्यान्टम ड्रपहेड कुप

लग्जरी कार ‘रोल्स–रोयज फ्यान्टम ड्रपहेड कुप’ भारतमा पाइने कारमध्येकै महंगो मध्य एक कारको रुपमा लिइन्छ । यसमा ६.८ लिटर भी–१२ इञ्जिन लगाइएको छ, जसले ४६० बीएचपी पावरकासाथै ७२० एनएम–टर्क उत्पादन गर्छ । यसको मूल्य ८ करोड ४० लाख रुपैयाँ रहेको कम्पनी जनाएको छ ।
रोल्स–रोयस डन

‘रोल्स–रोयस डन’मा ६.६ लिटरको भी–१२ इञ्जिन लगाइएको छ । यसले ५६३ बीएचपी पावरकासाथै ८२० एनएम–टर्क उत्पादन गर्छ । यसमा लग्जरी तथा शानदार विशेषता दिइएको छ । भारतमा यसको मूल्य ५ करोड ९४ लाख राखिएको छ ।
लेम्बोर्गिनी अम्बेताडोर रोडस्टर

भारतीय बजारमा सन् २०१३ मा आएको अम्बेताडोर रोडस्टर स्लीक–स्पोर्टस् कार हो । जसले ३ सेकेन्डमा १०० किलोमिटर प्रतिघन्टाको रफ्तार पकड्ने गर्छ । यसको हाइस्पीड क्षमता ३५० किलोमिटर रहेको कम्पनीले जनाएको छ । यसको मूल्य ५ करोड ३२ लाख भारु रहेको छ ।
बेन्टले मलसेन

यो कारमा ६.७५ ट्वाइन टर्बाे इञ्जिनको प्रयोग गरिएको छ । यसले ५०५ बीएचपी पावरकासाथै ११०० एनएम–टर्क उत्पादन गर्छ । यसले ० देखि १०० किलोमिटरको रफ्तार पकड्नमात्रै ५.३ सेकेन्डको समय लगाउँछ । भारतीय बजारमा यसको मूल्य ५ करोड ५६ लाख राखिएको छ ।
एस्टन मार्टिन वकिश

एस्टन मार्टिनले दाबी गर्दैआएको लग्जरी कार वकिशमा ५.९ लिटरको भी–१२ इञ्जिनको प्रयोग गरिएको छ । यसले ६८ बीएचपी पावरकासाथै ६२० एनएम–टर्क उत्पादन गर्छ । यसको मूल्य ५ करोड ७४ लाख भारु रहेको छ ।
फेरारी–८१२ सुपरफास्ट

यो कारले २.९ सेकेन्डमा ० देखि १०० किलोमिटरको रफ्तार पकड्ने कम्पनीको दाबी छ । यसको टपस्पीड क्षमता ३४० किलोमिटर रहेको छ । चालु वित्तीय वर्षको सुरुवातमा सार्वजनिक गरिएको यो कारको मूल्य ५ करोड २० लाख रहेको छ ।
रोल्स–रोयस रेथ

रोल्स–रोयसको अल्ट्रा–लग्जरी लाइनअपमा यो कारले गोस्ट र डनबीचको स्थान लिने गर्छ । यसमा ६.६ लिटर भी–१२ इञ्जिनको प्रयोग गरिएको छ । यसले ६२३ बीएचपी पावरकासाथै ८०० एनएम–टर्क उत्पादन गर्छ । भारतीय बजारमा यसको मूल्य ५ करोड रहेको छ ।
लेम्बोर्गिनी एभेन्ताडोर–एस

लेम्र्बोगिनीले पछिल्लो वर्ष स्पोर्टी लूकको एभेंटेडोर–एस सार्वजनिक गरेको थियो । यसमा ६.५ इञ्चको भी–१२ इञ्जिनको प्रयोग गरिएको छ । यसले ७३० बीएचपी पावरकासाथै ६९० एनएम–टर्क उत्पादन गर्छ । कारले २.९ सेकेन्डमा ० देखि १०० किलोमिटरको रफ्तार पकड्ने कम्पनीको दाबी छ । यसको मूल्य ४ करोड ७५ लाख राखिएको छ ।
रोल्स–रोयज गोस्ट

यसलाई ‘बेबी रोल्स’ भन्ने गरिन्छ । यसमा ६.६ लिटरको भी–१२ इञ्जिन दिइएको छ । यसले ५६३ बीएचपी पावरकासाथै ७८० एनएम–टर्क उत्पादन गर्छ । यसको मूल्य ५ करोड २५ लाख तोकिएको छ ।

