१२ सेकेन्डमै २०० किलोमिटरको रफ्तारमा दौडन सक्ने एसयूभी

इटालियन स्पोर्टस् कार निर्माता कम्पनी लेम्बोर्गिनीले तिव्र गतिको एसयूभी उरुस भारतीय बजारमा समेत बिक्री वितरण सुरु गरेको छ । यो कारलाई संसारको सबैभन्दा फास्ट एसयूभी कारको रुपमा लिइन्छ । भारतीय बजारमा यसको मूल्य ३ करोड रुपैयाँ तोकिएको छ । 

सुरुवातमा ग्राहक भेट्टाउन मुश्किल परेको कम्पनीले हाल आफुसँग भएको सबै स्टक बिक्री गरिसकेको छ । यो कार सन् २०१७ डिसेम्बर ४ मा भारतीय बजारमा प्रवेश गरेको थियो । 

यसमा ४.० लिटरको भी–८ इञ्जिन लगाइएको छ । जसले ६४१ बीएचपी पावरकासाथै ८५० एनएम टर्क उत्पादन गर्छ । यो कारलाई एमएलबी अवधारणामा निर्माण गरिएको हो । कारले ० देखि १०० किलोमिटरको रफ्तार पकड्नमात्रै ३.६ सेकेन्ड समय लगाउँछ । 

साथै, यसले २०० किलोमिटरको रफ्तार पकड्न १२.८ सेकेन्ड समय लगाउँछ । यसको टपस्पीड क्षमता ३ सय ५ किलोमिटर प्रतिघन्टा रहेको कम्पनीले दाबी गरेको छ । यसमा एलईडी हेडल्याम्प, एलईडी टेललाइट्सकासाथै अन्य एसयूभीमा समावेश सम्पूर्ण विशेषता दिइएको छ । 


Back_to_top