केही समय अगाडि एमपीभी मराजो सार्वजनिक गरेको महिन्द्राले एक्सयूभी–७०० ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको छ भने, कम्प्याक्ट एसयूभी सेग्मेन्टमा ‘एस–२०१’ (सम्भावित नाम एक्सयूभी ३००) दुई महिना भित्रै बजारमा ल्याउने योजना बनाएको छ ।
‘एक्सयूभी ३००’ कम्प्याक्ट एसयूभीले बजारमा मारुती सुजुकी भिटारा ब्रेजा, फोर्ड इकोस्पोर्ट सिग्नेचर तथा टाटा नेक्शानसँग प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ । यसमा मराजोमा दिइएको १.५ लिटर ४ सिलिन्डर इन्जिनको प्रयोग गरिएको छ ।
उक्त इन्जिनले १२३ बीएचपी पावरकासाथै ३०० एनएम–टर्क उत्पादन गर्छ । यसको प्रतिस्पर्धी मोडल मारुती भिटारा ब्रेजामा १.३ लिटरको डिजेल इन्जिन लगाइएको छ । यसले ९० बीएचपी पावरकासाथै २०० एनएम–टर्क उत्पादन गर्छ । टाटा नेक्शानमा १.५ लिटर डिजेल इञ्जिन दिइएको छ, जसले ११० हर्ष पावरकासाथै २६० एनटम–टर्क उत्पादन गर्छ ।
त्यस्तै, ईकोस्पोर्टमा उपलब्ध १.५ लिटर डिजेल इञ्जिनले १०० बीएचपी पावरकासाथै २०५ एनएम–टर्क उत्पादन गर्छ । अन्य प्रतिस्पर्धी मोडलको तुलनामा महिन्द्राको एस–२०१ निक्कै शक्तिशाली देखिएको छ । यो सेग्मेन्टमा एक्सयूभी ३०० सबैभन्दा पावरफुल इन्जिन भएको एसयूभमी हुने छ ।
एक्सयूभी ३०० मा १७ इञ्च अलोय ह्वील्स दिइएको छ । फोर्ड ईकोस्पोर्ट सिग्नेचर तथा स्ट्रीममा सोही ह्वीलवेश लगाइएको छ । महिन्द्राको यो मोडलमा मल्टीपल विशेषता दिइएको छ । यसमा प्यानोरामिक सनरुफ दिइएको छ, पछिल्लो समय अटो मार्केटमा यो विशेषता अत्याधिक रुचाईदै आएको छ । साथै, यसमा सासायोङ्ग टिभोलीबाट लिइएको प्रिमियम क्वालिटीको ड्यासबोर्ड उपलब्ध छ ।
मनोरन्जको लागि इन्फोटेनमेन्ट सिस्टम रहेको यसमा टचस्क्रिन डिस्प्ले दिइएको छ भने, क्रूज कन्ट्रोल, डबल जोन र अटोमेटिक क्लाइमेट कन्ट्रोलको विशेषता दिइएको छ ।
त्यस्तै, एस–२०१ मा एलईडी हेडल्याम्प्स र एलईडी डीआरएलईएस लगाइएको छ भने एलईडी टेलल्याम्प दिइएको छ । सुरक्षालाई मध्यनजर गर्दै ७ एयरब्यागकासाथै एबीएस, ईएसपी र रियर पार्किङ्ग सेन्सर लगाइएको छ ।
यसको भारतीय बजारमा मूल्य १० लाख रुपैयाँको हाराहारीमा रहने अनुमान गरिएको छ भने नेपाली बजारमा आउँदा यसको मूल्य ४५ लाख हाराहारीमा पर्ने अनुमान लगाउन सकिन्छ ।


