खुर्कोट-मन्थली-खिम्ती सडकमा अब राति पनि गाडी चलाउन पाइने

काठमाडौं ।  खुर्कोट-मन्थली-खिम्ती-मिल्ती सडक खण्डमा अब रातिमा पनि सवारी साधन चलाउन पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय, रामेछापले उक्त सडकमा यसअघि रातिमा गाडी चलाउन लगाएको प्रतिबन्ध मंगलबारदेखि हटाएको हो ।

हाल वर्षा रोकिएकाले अवस्था सामान्य बन्दै गएकाले राति पनि सवारी चलाउन सक्ने व्यवस्था गरिएको प्रशासनले जनाएकाने छ ।

यसअघि जिल्ला प्रशासनले असोज १९ गतेदेखि असोज २४ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालीन आवागमनमा रोक लगाएको थियो।

अझै पनि सडकका केही भागमा जोखिम कायमै रहेकोले ट्राफिक नियमको पूर्ण पालना गर्दै सतर्कताका साथ यात्रा गर्न जिल्ला प्रशासनले आग्रह गरेको छ।

बाढीपहिरोका कारण बीपी राजमार्ग बन्द भएपछि यस सडकमा सवारीको चाप बढेको छ । हाल  सोलुखुम्बु, ओखलढुंगा, रामेछाप लगायत जिल्लाका सवारी साधन पुष्पलाल राजमार्ग हुँदै मन्थली-चरिकोट-खाडीचौर हुँदै काठमाडौं आउजाउ गरिरहेका छन् ।


Back_to_top