एकै ठाउँमा चार ब्राण्डका ईभीको एक्सचेन्ज मेला हुँदै, १५ लाखसम्म फाइदा पाइने

काठमाडौं । एमएडब्लू वृद्धिले असोज २४ गतेदेखि एकैसाथ देशव्यापी रूपमा चाडवाड लक्षित मेगा एक्सचेन्ज कार्निभलको आयोजना गर्ने भएको छ ।

कम्पनीले काठमाडौंमा गैरीधारास्थित एलिस रिसेप्सन र देशभरका दीपल, नामी र सेरेसका अधिकृत शोरुमहरूमा एक्सचेन्ज मेला आयोजना गर्ने भएको हो ।

३ दिनसम्म चल्ने यो एक्सचेन्ज मेलामा ग्राहकहरूले आफ्ना पुराना गाडीहरू साटेर ईभीमा अपग्रेड गर्न सक्नेछन् ।

कम्पनीले काठमाडौंमा एकैठाउँमा चार ब्राण्डका ईभीहरू प्रदर्शन गर्ने भएको छ । ग्राहकले दीपल, अवतार, नामी र सेरेस ब्राण्डका चर्चित ईभी मोडलहरू एउटै स्थानमा अवलोकन गर्न र टेस्ट ड्राइभ गर्न पाउनेछन् ।

साथै, ह्युमनोइड रोबोट शो, कार रेसिंग सिमुलेटर, किड्स जोन र इनडोर गेमका साथै रिफ्रेसमेन्टको मज्जा लिन सक्ने कम्पनीले जनाएको छ ।

एक्सचेन्ज मेलामा ग्राहकले नेपालका शीर्ष पाँच रिकन्डिसन हाउसमार्फत् आफ्ना पुराना गाडीहरूको सर्वोत्कृष्ट मूल्यांकन गराउन सक्नेछन् । यसका साथै ग्राहकले एक्सचेन्जमा बोनस र नगद छुट पनि पाउने छन् । जसबाट निश्चित मोडेलहरूमा अधिकतम १५ लाख रुपैयाँसम्मको लाभ पाउने कम्पनीले जनाएको छ ।

एक्सचेन्ज मेलामा गाडी बुकिङ गर्ने हरेक ग्राहकले नगरकोटस्थित प्रिमियम रिसोर्टमा एक जोडीले नाइट स्टे सुविधा पाउने छन् ।

एक्सचेन्ज कार्निभलमा पहिलो पटक अल्ट्रा प्रिमियम इलेक्ट्रीक एसयूभी अवतारलाई टेस्ट ड्राइभ गर्न सक्नेछ । साथै नाडा अटोसोमा शो स्टपर बन्न सफल दीपल एस०५ र सेग्मेन्ट फस्ट फिचरहरूले भरिएको नामी भिगो पनि प्रदर्शनमा राखिने छ ।

काठमाडौं बाहेक देशभरका दीपल, नामी र सेरेसका शोरुममा पनि ग्राहकले एक्सचेन्ज सुविधा, नगद छुट र अन्य धेरै अफर पाउने छन् ।


Back_to_top