अर्को हप्ताबाट विक्री सुरु हुँदै कियाको नयाँ मोडल

काठमाडौं । किया मोटर्सले भारतमा उत्पादन गरेको नयाँ ६ र ७ सिट क्षमताको ‘कारेन्स’ फेब्रुअरी १५ बाट विक्री सुरु हुने भएको छ । कम्पनीले गत डिसेम्बरमा देखाएको कारेन्सले भारतमा एकै दिन ७ हजार यूनिट बुकिङ लिएर धेरै मानिसको ध्यान खिच्न सफल भएको थियो ।

फेब्रुअरी १५ बाट भारतमा विक्री सुरु हुने कारेन्स चाँडै नेपाली बजारमा पनि आउने छ । त्यसको लागि आवश्यक प्रक्रिया आधिकारीक वितरक कन्टिनेन्टल ट्रेडिङले गरिसकेको जनाएको छ ।

‘हामीले यसको आवश्यक प्रक्रिया डिसेम्बर अन्तिममा नै सुरु गरेका हौं । भारतमा विक्री सुरु भएको केही दिनपछि कारेन्स नेपाल आउने छ’, कनिटनेन्टल स्रोतले भन्यो ।

भारतमा बुकिङ खुल्ला भएको २४ घन्टामा नै ७ हजार ७३८ यूनिट बुकिङ भएको कारेन्सको भारतमा मिडिया टेस्ट ड्राइभ भइसकेको छ । अहिलेसम्मको मिडिया रिभ्यूमा कारेन्स उत्कृष्ट गाडी भएको दावी गरिएको छ ।

कियाले कारेन्सलाई बाहिरबाट हेर्दा निकै आकर्षक बनाएको छ । भर्टिकल स्प्लीट एलइडी हेडल्याम्प, स्लीक टाइगर नोज फ्रन्ट ग्रिल र एलइडी फगल्याम्प सहितको बम्परले यसको अगाडिको भाग उत्कृष्ट देखिन्छ ।

कियाले यसलाई सुरक्षाको हिसावले अब्बल बनाउन फ्रन्ट बम्परमा समेत सेन्सर दिएको छ । नयाँ डिजाइनको अलोय ह्वील, पछाडि ‘र्याप अराउण्ड एलइडी टेललाइट’, स्पोर्टी रुफ स्पोइलर र क्रोम फिनिसिङ सहितको पछाडि दिइएको बम्परले कारेन्सलाई फरक लुक्स प्रदान गरेको छ ।

कारेन्स बाहिरबाट जति सुन्दर देखिएको छ त्यतिनै भित्री डिजाइन आकर्षक र आरामदायी यात्रा गर्न सकिने किसिम छ । फ्ल्याट डिजाइनमा तयार गरिएको ड्यासबोर्ड र बीचमा दिइएको १०.२५ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम र त्यसको ठिक्क मुनी रहेको टच सेन्सेटीच एचभीएसी कन्ट्रोलले यसलाई बजारमा उपलब्ध अन्य ६/७ सिट क्षमताको गाडीभन्दा माथि देखाएको छ । यसमा १२.५ इन्चको एलसिडी इन्ट्रुमेन्ट क्लस्टर, फ्ल्याटबटम स्टेरिङ ह्वील, इलेक्ट्रीक सिट, एम्बीयन्ट लाइट, इलेक्ट्रीक सनरुफ, ६ वटा एयरव्याग जस्ता फिचर दिइएको छ ।

तीन फरक इन्जिन अप्सन कारेन्सको अर्को सबल पक्ष हो । कम्पनीले यसमा १.५ लिटर पेट्रोल, १.४ लिटर टर्बो पेट्रोल र १.५ लिटर टर्बो डिजेल इन्जिन दिएको छ । ६ स्पीड म्यानुयल, ६ स्पीड अटोमेटिक र ७ स्पीडका डिसीटी गियरबक्स छनोट पाइने कारेन्स कस्तो व्यापार गर्छ त्यो हेर्न भने केही समय कुर्नु पर्ने हसन्छ ।


Back_to_top