सडकमा देखियो किया ईभी २, अर्को वर्ष लन्च हुने

काठमाडौं । किया मोटर्सको नयाँ मोडल ईभी २ सडक परीक्षणको क्रममा देखिएको छ । सन् २०२६ को फेब्रुअरीमा लन्च हुने किया ईभी २ अहिले विभिन्न ठाउँमा सकड परीक्षणको क्रममा देखिएको हो ।

कम्पनीले सन् २०२४ को फेब्रुअरीमा ईभी २ को कन्सेप्ट देखाएको थियो । करिब ४ मिटर लम्बाइ हुने अनुमान गरिएको ईभी २ बक्सी प्रोफाइलको हुनुको साथै थोरै स्लोपी रुफलाइन सहितको देखिन्छ ।

परीक्षणका क्रममा देखिएको क्यामाफ्लाज बडी सेपको आधारमा हेर्दा ईभी २ को अपराइट फ्रन्ट फेसिया, रग्ड बम्पर, प्रोमिनेन्ट ह्वील आर्क र थिक बडी क्लाडिङ रहेको देखिन्छ । यसमा एरो स्टाइलको ह्वील, ठूलो साइजको ड्युलटोन ओआरभीएम, फ्लस डोर ह्याण्डल लगायत छ ।

हुन्डाईको ईजीएमपी प्ल्याटफर्ममा बनेको यो ईभीमा लङ ह्वीलबेस र फ्ल्याट फ्लोर रहेको छ । यसको इन्टेरियरमा दिएको फुल ग्लासरुफ, ड्युल स्क्रीन र गेमिङ स्टाइलको स्टेरिङ ह्वीलले आकर्षक बनाएको छ ।

कियाको ईभी २ मा धेरै थरिका टेक र कनेक्टिभिटी फिचर रहनेछ । यसमा प्रिमियम अडियो सिस्टम, कनेक्टेड कार नेभिगेसन ककपिट, भेहिकल टु लोड, भेहिकल टु ग्रिड लगायत फिचर छन् । यो ईभीमा लेबल २ एडास फिचर समेत हुने सम्भावना रहेको छ ।

४०० भोल्ट आर्किटेक्चरमा बनेको किया ईभी २ मा ४५० देखि ५०० किलोमिटरको रेन्ज दिने दुई फरक साइजको एलएफपी र एनसीएम ब्याट्री प्याकको अप्सन हुनेछ । यो ईभीमा फ्रन्ट एक्सलमा सिंगल मोटर सेटअप रहनेछ ।


Back_to_top