यस्तो देखियो कियाको सबैभन्दा सानो इलेक्ट्रीक एसयूभी

काठमाडौं । कोरियन कार निर्माता कियाले आफ्नो ईभी सिरिजमा सबैभन्दा सानो एसयूभी ईभी-२ को परीक्षण सुरु गरेको छ । कम्पनीले सन् २०२५ मा बजारमा ल्याउने अनुमान गरिएको ईभी-२ मूल्यको हिसावले पनि ईभी सिरिजको सबैभन्दा सस्तो मोडल हुनेछ ।

कोरियन मार्केटमा हुन्डाईले बिक्री गर्दै आएको इन्स्टर इलेक्ट्रीक एसयूभीबाट प्रेरित देखिने ईभी-२ कियाको ग्लोवल डिजाइन ल्याङ्गवेजमा आधारित मोडल हो । अहिलेसम्म बाहिर आएको रिपोर्टको दावी अनुसार ईभी-२ मोडलमा ४२ र ६२ किलोवाट आवर क्षमताको दुई ब्याट्री अप्सन पाउन सकिने छ ।

यदि यही साइजको दुबै ब्याट्री रहने हो भने ईभी-२ ले सिंगल चार्जमा ३०० र ४३९ किलोमिटर रेन्ज दिनेछ । डिसी फास्ट चार्जर सपोर्ट पनि यसमा उत्कृष्ट रहने छ । यसलाई १० देखि ८० प्रतिशतसम्म केबल ३० मिनेटमा चार्ज गर्न सकिन्छ । यसमा १०० किलोवाट क्षमताको मोटर रहने अनुमान छ ।

आधुनिक फिचरहरुको साथ आउने ईभी-२ लाई पुरै ढाकेर परीक्षण भइरहेको छ । त्यसैले यसको इन्टेरियर फिचर र ड्यासबोर्डको विषयमा केही बताउन सकिने अवस्था छैन । तर, पनि भेहिकल टु लोड, एडाससहितको आधुनिक सुरक्षा फिचर यसमा पाउन सकिन्छ ।


Back_to_top