किया सेल्टोसको फेसलिफ्ट हाइब्रिड इन्जिनमा पनि आउँदै

काठमाडौं । कोरियन अटोमोबाइल कम्पनी किया मोटर्सले आफनो भारतीय उत्पादन मोडल सेल्टोसको मिड साइकल फेसलीफ्ट तयार गरीहेको छ ।

कम्प्याक्ट एसयूभी सेग्मेन्टमा पर्ने सेल्टोसमा अब ६ वटा एयरब्याग स्ट्याण्डर्ड फिचरको रूपमा हुनेछ । किया सेल्टोसको स्पाई इमेजहरू इन्टरनेटमा लिक भएको छ ।

स्पाई इमेजहरूका अनुसार अब सेल्टोसमा केही हदसम्मको अटोनोमस प्रविधिको समेत उपलब्धता हुनेछ । यसमा देखिएको एडीएएस रडार मोडलले एड्भान्स ड्राइभर असिस्ट सिस्टमको काम गर्ने अनुमान गरिएको छ । एक्सटेरियर फिचरको रूपमा अब सेल्टोसम रिभाइज्ड एलईडी लाइट्स तथा नयाँ टेललाइका साथै अलोय ह्वीलको डिजाइन समेत परिवर्तन हुनेछ ।

बाहिरी आवरणमा देखिने सबभन्दा ठूलो विशेषता भनेको नयाँ सेल्टोसमा अब प्यानारोमिक सनरुफ पनि हुनेछ । कोरियन मिडियाहरूको रिपोर्टका अनुसार किया सेल्टोसमा पेट्रोल हाइब्रिड पावरट्रेन पनि थपिनेछ । हाइब्रिड सेल्टोसमा सिक्स स्पीड डिउल क्लच अटोमेटिक ट्रास्मीसन स्ट्याण्डर्डको रूपमा रहनेछ ।

१.६ लिटरको पेट्रोल इन्जिनमा रहने हाइब्रिड सेल्टोसमा १.५६ किलोवाट आवरको लिथियम आयोन ब्याट्री रहनेछ । जसले एसी इलेक्ट्रिक मोटरलाई पावर दिई ४२ बीएच पावर तथा १७० एनएम टर्क जेनेरेट गर्छ । तर, हाइब्रिड इन्जीन भारतीय स्पेकमा आउने हो वा होइन कियाले आधिकारिक जानकारी दिएको छैन ।


Back_to_top