आईएमटी गियरबक्समा आउँदै किया किया सेल्टोस

काठमाडौं । कियाको सफल एसयूभी सेल्टोस नयाँ गियरबक्सको साथमा आउने भएको छ । कम्पनीले यसमा इन्टेलिजेन्ट म्यानुयल ट्रान्समिशन (आईएमटी) गियरबक्स दिने भएको हो ।

कियाले सेल्टोसमा केहि परिमार्जनसहित ल्याउन लागेको सेल्टोसमा १.५ लिटर पेट्रोल इन्जिन रहेको छ । यसमा ६ स्पीड आईएमटी गियरबक्स अप्सन थप भएर आउन लागेको हो ।

यसमा रहेको इन्जिनले ११५ वीएच पावर र १४४ एनएम टर्क प्रदान गर्छ । यसको अलावा १.५ लिटर डिजेल इन्जिन र १.४ लिटर टर्बो पेट्रोल इन्जिन अप्सनमा उपलब्ध हुने छ । यी दुई इन्जिनमा भने आईएमटी गियरबक्स उपलब्ध हुने वा नहुने विषयमा कुनै जानकारी दिइएको छैन ।

किया सेल्टोस नेपाली बजारमा पनि निकै सफल एसयूभीको रुपमा परिचित रहेको छ । यस्तोमा परिमार्जन सहित आउने सेल्टोस चाँडै नेपाली बजारमा उपलब्ध रहने छ ।


Back_to_top