नेपाल आयो माज्दा ‘सिएक्स ५’, यस्तो छ मूल्य

काठमाडौं । पारामाउन्ट मोटर्सले माज्दाको डिलर लिएपछि पहिलो पटक गाडी नेपाल ल्याएको छ । कम्पनीले माज्दा सिएक्स ५ को २.५ लिटर इन्जिनमा नेपाल ल्याएको हो ।

कम्पनीले करिब ४ महिनाअघि बाटै यसको मूल्य निर्धारण गरेर बुकिङ लिएको थियो । माज्दा सिएक्स ५ को लिटर इन्जिनयुक्त गाडीको मूल्य १ करोड ४८ लाख ९० हजार रुपैयाँ तोकेर बुकिङ लिएको हो ।

‘अहिले २.५ लिटर इन्जिनमा मात्रै सिएक्स ५ नेपाल आएको छ । अबको केहि दिनपछि २.० लिटर इन्जिन र सात सिट क्षमतो सिएक्स ९ नेपाल आउने छ’, पारामाउन्ट मोटर्सका जनरल म्यानेजर सचिन अर्यालले भने ।

कम्पनीले आउने क्रममा रहेको २.० लिटर इन्जिन भएको सिएक्स ५ को मूल्य १ करोड २५ लाख ९० हजार र सिएक्स ९ को मूल्य १ करोड ६३ लाख ४९ हजार रुपैयाँ तोककेर बुकिङ खुल्ला गरेको हो ।

कम्पनीले ल्याएको २.५ लिटर क्षमताको सिएस ५ मा अलह्वील ड्राइभ सिस्टम उपलब्ध रहेको छ । माज्दा सिएक्स ५ निकै सुरक्षित एसयूभी रहेको कम्पनीको दाबी छ । कम्पनीले यसमा आई-एक्टीभनेस सेफ्टी टेक्नोलोजीको प्रयोग गरेको छ ।

आफ्नो स्मार्टफोन गाडीमा कनेक्ट गरेर धेरै फिचर चलाउन सकिने माज्दा सिएक्स ५ नौलो ड्राइभिङ अनुभवको लागि परिचित एसयूभी रहेको कम्पनीको दाबी छ ।


Back_to_top