काठमाडौं । कियाको चर्चित सब फोर मिटर एसयूभी सोनेट कम मासिक किस्तामा किन्न पाइने गाडी हो । कियाको आधिकारीक विक्रेता कन्टिनेन्टल्स ट्रेडिङले किया सोनेटको पेट्रोल भेरियन्ट एचटीइ मासिक किस्ता ३३ हजार ५५० रुपैयाँमा उपलब्ध गराउँदै आएको हो ।
‘द पावर टू सरप्राइज’ स्लोगनका साथ आएको किया सोनेट एचटीइको मूल्य ३६ लाख ९० हजार रुपैयाँ रहेको छ । किया सोनेट किन्ने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट बापतको रकम जम्मा गरेपछि ५० प्रतिशत रकम कर्जा सुविधा पाउने छन् । अहिले बैंकहरुले औषतमा १३ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएका छन् ।
सोनेट किन्ने ग्राहकले १८ लाख ४५ हजार रुपैयाँ कर्जा लिनु पर्छ । यसरी लिएको कर्जा ७ वर्षमा चुक्ता गर्नु पर्ने हुन्छ ।
किया सोनेटले बजारमा उपलब्ध हुन्डाई भेन्यू, टाटा नेक्सन, मारुती सुजुकी ब्रेजा, महिन्द्रा एक्सयूभी ३०० जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्ने छ ।
सोनेटको एचटीइ भेरियन्टमा दुई एयरव्याग, एबीएस, इबीडी, पार्किङ सेन्सर, हार्टविट टेलल्याम्प, एयर कन्डिसन, रियर एसी भेन्ट, ३.५ इन्चको मोनो कलर इन्ट्रुमेन्ट क्लष्टर, प्रिमियम फेब्रिक सिट पाउन सकिन्छ ।
यसमा रहेको १.२ लिटर इन्जिनले अधिकतम ६००० आरपीएममा ८३ पीएस पावर र ४२०० आरपीएममा ११५ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल गियरबक्स उपलब्ध रहेको छ ।
कियाले सोनेटमा १५ इन्चको स्टील ह्वील, ४५ लिटरको इन्धन ट्याङ्क, २११ एमएमको ग्राउन्ड क्लियरेन्स दिएको छ । आकर्षक टाइगर नोज फ्रन्ट ग्रिल र २५०० एमएमको ह्वीलवेस यसको सबल पक्ष हो ।

