भारतमा अपग्रेड हुँदा पनि नेपाल आएन पल्सर २५०

काठमाडौं । बजाज सिरिजकै सबैभन्दा ठूलो क्षमताको मोटरसाइकल पल्सर एन २५० र एफ २५० नयाँ कलरमा सार्वजनिक भएको छ । भारतमा नयाँ कलर थप भएर आएपनि नेपालमा यी दुबै मोटरसाइकल अझै आएको छैन ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलाशचन्द एण्ड कम्पनीले बजाज २५० नेपाल भित्र्याउने तयारी गरिहेको छ । कम्पनीले यी दुई मोटरसाइकल नेपालमा सार्वजनिक गर्ने मिति भने तय गरेको छैन ।

बजाजले भारतमा नयाँ पल्सर २५० लाई क्यारेबियन ब्लु कलर थप गरेर सार्वजनिक गरेको हो । कलर बाहेक अन्य परिमार्जन भने भएको छैन ।

नयाँ कलरमा आएका यी दुबै मोटरसाइकलको बडी प्यानल, हेडलाइट काउल, फेयरिङ, फ्रन्ट फेन्डर, इन्जिन काउल, फ्यूल ट्याङक तथा रियर प्यानल जस्ता सबै पार्टस् निलो कलरमा तयार गरिएको छ । साथै, यसको ह्वीलमा कलर म्याचका लागि स्ट्रीपको प्रयोग गरिएको छ ।

दुबै मोटरसाइकलमा समान २४९ सीसी सिंगल सिलिन्डर, आयल कुल्ड इन्जिन रहेको छ । यसले २४.१ बीएच पावर तथा २१.५ एनएमटर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियर बक्स जडान गरिएको छ ।


Back_to_top