काठमाडौं । केटीएमले भारतमा नयाँ डबल पर्पस मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले ‘केटीएमको ३९० एन्ड्यूरो आर’ भेरियन्ट भारतीय बजारमा ल्याउने तयारी थालेको हो ।
केटीएम ३९० इन्ड्यूरो आर पहिलो पटक मिलानमा भएको ‘इक्मा अटो शो २०२४’मा देखाइएको थियो । त्यसको झण्डै एक वर्षपछि बजारमा आउने भएको हो ।
टिपीकल इन्ड्यूरो, डवल स्पोर्ट डिजाइन र स्लिम बडीवर्कमा तयार भएको ३९० इन्ड्यूरो आरमा सानो आकारको हेडलाइट, उठाइएको फ्रन्ट फेन्डर, लामो फ्ल्याट सिंगल पीस सिट, अग्लो सिंगल पीस ह्यान्डलबार र स्लीम रियर डिजाइन पाउन सकिन्छ ।
नयाँ स्टील ट्रेलिस चेसिस फ्रेम प्रयोग गरेर निर्माण भएको यस मोटरसाइकलमा लङ ट्राभल सस्पेन्सन सेटअप, इन्भर्टेड फ्रन्ट युएसडी फोर्क र रियरमा मोनोसक दिएको छ । अगाडि २१ र पछाडि १८ इन्चको स्पोक ह्वील र ब्लक प्याटर्न अफरोड वेस टायर पाउन सकिन्छ ।
त्यस्तै, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, एलइडी लाइट, ३९० ड्युकको जस्तै स्वीचेवल एबीएस, ट्रयाक्सन कन्ट्रोल, अफरोड स्पेसिफिक राइडिङ मोडहरुसंगै अन्य राइड मोड र लन्च कन्ट्रोल सिस्टम जस्ता बिभिन्न खाले फिचरहरु यस मोटरसाइकलमा छन् ।
कम्पनीले केटीएम ३९० इन्ड्यूरो आर मोटरसाइकलमा लो इन्ड र मिड रेन्ज पर्फमेन्स ट्युन गरिएको ३९९ सीसी क्षमताको सिंगल सिलिन्डर, लिक्वीड कूल्ड, एलसीफोसी, इन्जिन दिएको छ । यस इन्जिनले अधिकतम ४६ पीएस पावर तथा ३९ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्ससंगै स्लिपर–असिस्ट क्लच र बाइ डिरेक्सनल क्वीक सिफ्टर पनि उपलब्ध छ ।
नेपाल आउने पक्का
नेपालमा केटीएमको मोटरसाइकल आयातकर्ता हंशराज हुलाशचन्द एण्ड कम्पनीले केही दिन अघि नक्सालमा नयाँ शोरुम संचालनमा ल्याएको छ । उक्त शोरुम उद्घाटन कार्यक्रममा कम्पनीका निर्देशक अभिमन्यू गोल्छाले भारतमा सार्वजनिक हुने तयारीमा रहेको केटीएम ३९० एन्ड्यूरो आर चाँडै नेपाल आउने जानकारी दिएका थिए ।
उनले भारतमा सार्वजनकि भएको केही समय भित्रै ३९० एन्ड्युरो आर नेपाल आउने र नयाँ शोरुममा विस्तारसँगै ‘विग बाइक’ समेत बिक्री सुरू गर्ने बताएका हुन् ।


