तयार भयो केटीएम-१२५ आरसी, कति पर्ला मूल्य ?

केटीएमले आगामी जुनमा आरसी १२५ भारतमा सार्वजनिक गर्ने तयारी गरेको छ । यो मोटरसाइकलले यामाहाको चर्चित बाइक आर–१५ भी–३ सँग सिधा प्रतिस्पर्धा गर्ने छ । भारतीय बजारमा यो मोटरसाइकलको मूल्य करिब १ लाख ४० हजार भारु रहने अनुमान गरिएको छ ।

केटीएम डूक १२५ मा भने १२४.७ सीसी सिगंल सिलिन्डर लिक्विड कुल्ड फ्युल इन्जेक्टड इन्जिनको प्रयोग गरिएको छ । यो इन्जिनले ९२५० आरपीएममा १४.५ पीएस तथा ८ हजार आरपीएममा १२ एनएम टर्क उत्पादन  गर्छ ।

केही समय अगाडि भारतीय बजारमा सार्वजनिक भएको केटीएम डूक–१२५ ले कम्पनीको बिक्रीमा निकै वृद्धि गरिरहेको छ । डूक–२०० र डूक–३९० बाट प्रभावित डूक–१२५ को सफलता पश्चात् कम्पनीले केटीएम आरसी–१२५ ल्याउने तयारी थालेको हो । 

यसको फ्रन्ट  र रियरमा डिस्क ब्रेक सहितको ह्वील लगाइएको छ भने, रियरमा एडजस्टएबल मोनोशक र फ्रन्टमा अपसाइड डाउन फर्क दिइएको छ । यसमा मेटजेलरको टायर लगाइएको कम्पनीले जनाएको छ ।

यो बाइकको डिजाइन, एक्जस्ट लगायत, विभिन्न पार्टस आरसी–२०० तथा आरसी ३९० को जस्तै छ । कम्पनीले आरसी–१२५ यूरोपियन डिजाइनमा निर्माण गरेको अनुमान गरिएको छ ।

नेपाली बजारमा   भने डूक १२५ सार्वजनिक गर्ने मिति अझै टुङ्गो लाग्न सकेको छैन ।


Back_to_top