काठमाडौं । नेपालमा केटीएमका बीएस६ इन्जिन युक्त मोटरसाइकलको बुकिङ खुला गरेको छ । कम्पनीले केटीएम ड्यूक २०० को बीएस६ भर्सन नेपाल ल्याउने तयारी गरेको हो ।
केटीएम मोटरसाइकलका लागि नेपालका आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले ड्यूक २०० बीएस६ भर्सनको मूल्य ५ लाख ३९ हजार ९०० रुपैयाँ तोकिएको छ ।
यस अघि नेपाली बजारमा बीएस ४ इन्जिन युक्त केटीम ड्यूक बिक्री गर्दै आएको छ । बीएस ४ इन्जिन युक्त ड्यूक २०० नेपालमा सोल्ड आउट भएको कम्पनीले बताएको छ ।
बीएस ६ ड्यूक २०० ग्राहकले पुल्चोक र नक्सालमा रहेको केटीएमको आधिकारिक शोरुमबाट बुकिङ गर्न सक्ने छन् । टोकन रकम ३० हजार रुपैयाँ बुझाएर यो मोटरसाइकल बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।
बीएस ६ केटीएम ड्यूक २०० मा १९९.५ सीसी सिंगल सिलिन्डर, एफआई, लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले १०००० आरपीएममा २५ पीएस पावर तथा ८००० आरपीएममा १९.३ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ । त्यस्तै यसमा ड्युअल च्यानल एबीएस रहेको छ ।
अबको केही समय पश्चात केटीएम ड्यूक २०० नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

