अपग्रेड भयो केटीएम ‘ड्यूक-३९०’, थपिए यस्ता फिचर

काठमाडौं । केटीएम मोटरसाइकलको सफल मोडल ड्यूक-३९० अपग्रेड भएर आएको छ । केटीएमले आफ्नो अपग्रेड भएको ड्यूक-३९० भारतमा सार्वजनिक गरेको हो ।

कम्पनीले नयाँ ड्यूक-३९० को मूल्य भारतमा ३ लाख ११ हजार भारतीय रुपैयाँ कायम गरेर बुकिङ सुरु गरेको हो ।

केटीएमको ग्लोवल मोडल ड्यूक-३९० ‘न्यू सब-फ्रेम’को साथ नयाँ स्टील ट्रेलिस फ्रेममा तयार भएको छ । यसलाई प्रेसर डाई–कास्ट एल्मुनियमबाट तयार गरिएको हो । यसका साथै ड्यूक-३९० मा नयाँ कबर्ड स्विङ्गआर्म पनि रहेको छ ।

पुरानो ड्यूक-३९० को तुलनामा निकै परिवर्तन भएर आएको नयाँ मोडलमा इन्जिन सीसी र पावर पनि बढेर आएको छ । नयाँ मोडलमा ३९९ सीसी क्षमताको इन्जिन उपलब्ध छ । उक्त इन्जिनले अधिकतम ४५ ब्रेकहर्स पावर र ३९ एनएम पिकटर्क प्रदान गर्छ । यसमा ६ स्पीड क्षमताको गियरबक्स दिइएको छ ।

कम्पनीले नयाँ मोटरसाइकलको डिजाइनमा पनि निकै परिमार्जन गरेको छ । पुरानोभन्दा धेरै मस्कुलर फ्यूल ट्याङ्क, नयाँ हेडल्याम्प सेटअप, ठूलो आकारको डे टाइम रनिङ लाइट, पछाडिको भाग पूर्ण नयाँ डिजाइनमा दिइएको छ ।

यसका अलवा नयाँ स्प्लीट सीट, रोटर्स सिस्टमको हलुका बे्रक, ब्लुटुथ कनेक्टिभीटी, पाँच इन्चको टीएफटी स्कृन छ । यसमा म्युजिक कन्ट्रोल, फोन कल, टर्न वाई टर्न नेभिगेशन, गियर इन्डिकेटरको अवस्था जस्ता सूचना देखाउने छ ।

त्यसैगरी, यसमा लन्च कन्ट्रोल, राइडिंग मोड, नयाँ ट्रयाक मोड, सुपरमोटो एबीएस, क्विक सिफ्टर, एल्फ–क्यासलिंग इन्डिकेटर्स, क्रुज कट्रोल र स्पीड लिमिटर फंगसन जस्ता सेफ्टी फिचरहरु पाउन सकिन्छ ।


Back_to_top