यामाहाका मोटरसाइकल र स्कुटर किन्नेलाई जापान भ्रमण

काठमाडौं । यामाहाले दशैं, तिहार र छठ चाडपर्बलाई लक्षीत गरी फेस्टिभ अफर सार्बजनिक गरेको छ । कम्पनीले ल्याएको अफरमा यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्नेले जापान भ्रमण गर्न पाउने छन् ।

नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू एन्टरप्राइजेजले यामाहाका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई ‘यामाहा फेस्टिभ सेलिब्रेसन एण्ड रोडिज पावर अफ फाइभ अफर’ ल्याएको हो ।

यस अफर अन्तर्गत यामाहाका मोटरसाइकल खरिद गर्दा ८ हजारदेखि १ लाखसम्म नगद छुट ग्राहकले पाउने छन् । साथै, हरेक स्कुटरको खरिदमा पनि ग्राहकले ६ हजारदेखि १ लाखसम्म नगद क्यासब्याक पाउने छन् ।

त्यसैगरी, लक्की ड्रमार्फत स्कीममा यामाहाका साधन किन्नेले राइडिङ ज्याकेट, हरेक हप्ता आइफोन १४ र प्रत्येक महिना एक जना भाग्यसाली बिजेता ग्राहकले जापान भ्रमणमा जान पाउने छन् ।

नेपालभर रहेका यामाहाका आधिकारीक शोरुमबाट यो स्कीममा मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् । साथै, यामाहाका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकहरुले सहज फाइनान्स सुविधा समेत पाउने छन् ।


Back_to_top