सस्तो ईभीको मुद्दामा छलफल गर्न इयूलाई चीनको आग्रह

काठमाडौं । चीन सरकारले अथाह रकम विद्युतीय कार निर्मातालाई अनुदान गिएर यूरोपियन यूनियन भित्रै कारको बजार ध्वस्त बनाउन लागेको भन्दै इयूले आपत्ति जनाएको थियो । यतिसम्म की इयूले यस्तो अनुदान सम्बन्धी अनुषन्धान गर्ने बतायो ।

इयूको यस्तो घोषणा पनि चीनले युरोपियन यूनियनलाई उत्पन्न विवादको समाधानका लागि वार्तामा आउन आग्रह गरेको हो । इयूले गत बुधबार इलेक्ट्रीक भेहिकलमा ‘एन्टी सब्सीडी इन्भेस्टीगेसन’ गर्ने घोषणा गरेको थियो । त्यसपछि चीनको ‘मिनीस्ट्री अफ कमर्स’ वार्तामा आउन आग्रह गरेको हो ।

इयूका अध्यक्ष उर्सुला भोन डेर लेएनले सेप्टेम्बर १३ मा चिनियाँ इलेक्ट्रीक भेहिकलमा ‘एन्टी सब्सीडी इन्भेस्टीगेसन’ गर्ने घोषणा गरेपछि चीन सरकारले वार्ता आह्वान गरेको हो ।

पछिल्ला वर्षहरुमा चीनमा ईभीको उत्पादन र प्रयोग दुबै तिब्र गतिमा बिस्तार भइरहेको छ । सरकारले ठूलो धनरासी ईभी उत्पादनमा अनुदान दिने भएको कारण चिनियाँ ईभीको प्रतिस्पर्धी क्षमता बढ्दो क्रममा रहेको छ ।

यूरोपियन कमिसनले चीन सरकारले निकै सस्तो विद्युतीय कार उत्पादन गर्दै आएको र यूरोपका बजारमा निकै कम मूल्यमा कार उपलब्ध गराएको कारण पुरै यूरोपका कार बजार ध्वस्त हुने चरणमा रहेको इयूले आरोप लगाएको थिए ।

चिनियाँ ब्राण्ड एकपछि अर्को गर्दै यूरोपमा प्रबेश गरिरहेको र यूरोपियन अटो ब्राण्डको तुलनामा अत्याधिक सस्तो मूल्यमा बिक्री हुन थालेपछि यूरोपियन यूनियन झस्किएको हो । अमेरिकाले अहिलेसम्म चिनियाँ अटोमावाइल ब्राण्डलाई बिक्री गर्न दिएको छैन ।


Back_to_top